महादेवस्थान÷मण्डनदेउपुर नगरपालिकामा पाँच बर्षमा निती र नेतृत्व दुबैमा चुक्यो । हरेक बैठकपछि विवादित हुने गरेको टोकबहादुर बाईवा नेतृत्वले जनताको पक्षमा खासै काम गर्न सकेनन् । टोकबहादुरले धेरैलाई व्यक्तिगत लाभ हुने हिसाबले सहयोग गरे । तर कोही पनि उनका हुन सकेनन् । सामाजिक रुपमा कटाक्ष साविकको मण्डन क्षेत्रप्रती असहष्णु भावना बोक्ने वाइवाले पाँच बर्षमा वाह भन्ने धेरै काम गर्न सकेनन् । पाँच बर्षमा कहाँ कहाँ चुके मेयर हेर्नुहोस् ।
१)नगरकोट नाम राख्ने प्रस्ताव
मण्डनदेउपुर नगरपालिकाको नाम हटाएर नगरकोट राख्ने प्रस्ताव टोकबहादुरले बनेपामा आएर गरे । बनेपामा आएर पत्रकार सम्मेलन गरि नगरकोट मण्डनदेउपुरको प्रस्ताव आएको समाचारले मण्डनदेउपुरले तरंगित बन्यो । त्यो निर्णय त्यत्तिकै सेलायो । अहिले उनी आफूले नाम फेर्न प्रस्ताव गरेको मण्डनदेउपुरको मेयरमा उम्मेदबार बनेका छन् ।
२) छोरालाई वैकल्पिक सडकको जिम्मा
फेदीदेखि सिपाघाटसम्म पुग्ने बैकल्पिक सडकको ठेक्कापट्टामा छोरालाई अघि बढाएपछि उनको विरोध सुरुभयो । छोराहरुको हालीमुहाली हुन थालेपछि स्थानीय रुष्ट बने । मेयरको छोरोले व्यवसाय गर्न नपाउने हैन तर हस्तक्षेप गर्ने काम भएपछि त्यसको चर्काे विरोध भयो । सो सडक अझै पनि अलपत्र छ । धेरैले सो सडक के हो भन्दा मेयरको छोराको भनेर भन्ने गरेका छन् । यसको जवाफ टोकबहादुरले अहिलेसम्म दिएका छैनन् ।
३) बसपार्क खै खोलाले बगायो
तत्कालिन एमालेका नेता माधवकुमार नेपालबाट तामझामले सुरु गरेको कुन्तावेशीको बसपार्क । एक दिनपनि चलेन । बसपार्क आवश्यकता थियो भने किन चलेन । सो समयमा खर्च भएको लाखौं रुपियाँ अरु विकासमा लगाउन पनि सकिन्थ्यो होला नी ? त्यो भएन ।
४) ईट्टाभट्टा थप
उनको पालमा तीन वटा नयाँ इट्टा भट्टाले अनुमति पाए । विना योजनाका ती भट्टाले मण्डनदेउपुरलाई भुक्षयकरण र मरुभुमीकरण बनाउँदै छन् ।
५) ओभर लोड, ओभर स्पिट र प्रेसर हर्नमा देखिएन चासो
जनताको प्रत्यक्ष स्वास्थ्यमा सरोकार राख्ने बिषयमा उनले चासो दिएनन् । टिपरले बोक्ने ओभर लोड, ओभर स्पिट र प्रेसर हर्नमा चासो देखाएनन् ।
६) छोरालाई क्रसर उपहार
सबैभन्दा विवादमा रहेको बिषय नै यही हो । वासिङ उद्योग किनेर जबरजस्ती रुपमा क्रसर बनाए । त्यसमा छोराकै केही साथीलाई कृत्रिम पार्टनर बनेर छोरालाई उपहार दिए ।
७) भिरमा खेल मैदान
कार्यकर्ता फकाउन नगरकै नमूना भनेर सुरु गरेको खेलमैदानले सबैलाई गिज्याइरहेको छ । त्यो न सुरु भयो न अन्त्य हुन्छ । केही दिन डोजर चल्यो सकियो । अहिले भिरमा अड्एिर बसेको जस्तै भएको छ ।
८) गोजीबाट योजना
उनले चाहे भने सानासाना योजना पनि गोजीबाटै दिने गरेका थिए । घरको आगँन बनाउनेदेखिका यो कुराधेरै मण्डनदेउपुरबासीलाई चित्त बुझेन । त्यसको प्रतिकार गरे । तर कार्यकर्ता पाल्न ५० हजारदेखिका योजनामा पैसा हाले ।
९) गेट्र वाल अफ मण्डनदेउपुर
आफ्नो आगँन जोगाउन र घर सुरक्षित बनाउन मेयर वाइवाले ठूलो वाल लगाए । सरकारी पैसामा सो वाल अस्वभाविक देखिन्छ । सामाजिक संञ्जालमा सो वाललाई गेट्र वाल अफ मण्डनदेउपुर भनेर ट्रोल नै बनाइएको छ ।
१०) योजनाको सट्टा समाजवादीको कार्यकर्ता
योजना लिएर जानुस समाजवादीको कार्यकर्ता बन्नुस । गजबको योजना अघि सारे उनले । केही काम गर्न भनेर केही युवा केही समय समाजवादी तिर पनि गए । पुनः एमालेमा फर्किए । उनको यो फण्डाले खासै काम गरेन ।
११) आफ्ना परिवार र कर्मचारीका परिवारलाई जागिर उपहार
ज्वाई, छोरी, प्रमुख स्वकीय सचिवको श्रीमती, मितछोरी, मितछोरा जो जो छन् । भए नगरमा नभए, स्वास्थ्यमा त्यो पनि नभए शिक्षकमा जागिर खुवाए । परिवारको कर्जदार बने ।
चर्चामा मण्डनदेउपुरका पूर्व मेयर बाईवा ग्रेटवालदेखि छोरालाई क्रसर उपहारसम्म
2022-05-09T08:08:24+05:45

तपाईको प्रतिक्रिया