बनेपा÷जब जब निर्वाचन हुन्छ बनेपामा एउटा नारा घकिन्छ, बनेपाको की बाहिरको । स्थानीय तहको निर्वाचनमा फेरि अर्काे नारा सुनिन्छ । सामन्त की सामान्य । बनेपा नगरपालिकामा प्रमुख पदमा सदैव बनेपाका उच्च घरानाकै व्यक्तिको राज चल्ने गरेको छ । यो पटक पनि विपक्षी उम्मेदबारलाई गलाउन, सिथिल पार्न यस्तै नारा घन्कियो । तर एमालेको उम्मेदबार टसमस भएनन् । नारा लगाउन नै यतीबेला थाके ।
नेकपा एमालेका उम्मेदबार रत्नकुश रंजितकारले हरेक ठाँउमा भएका कोण सभा र आमसभामा आफू छिपा अर्थात बनेपाको कमजोर वर्ग रहेको बताउँदै आए । उनले आफ्नो लडाई नै सिमान्तकृत, बोल्न नसक्ने गरिब बनेपालीको पक्षमा रहेको बताए । गठबन्धनले फैलाएको नारा धेरै दिन टिक्क सकेन । साविक बनेपाका सबै बडामा एमाले सानदार जिततर्फ उन्मुख बनिसक्यो । छिपा कै बाहुल्यता रहेको बनेपामा छिपा नै उम्मेदबार बनेपछि विजयको उन्मुख पुग्यो ।
बनेपामा यसरी फ्लप भयो जातिय नारा
2022-05-08T07:08:40+05:45

तपाईको प्रतिक्रिया