बनेपा÷नेकपा एमाले पार्टीबाट काभ्रेको मण्डनदेउपुर नगरपालिकाका प्रमुख पदका उम्मेदवार विदुर प्रसाद सापकोटाले एमालेका उम्मेदवारहरु विजयी भएको खण्डमा नगरपालिकालाई सुशासनको क्षेत्रमा अब्बल बनाउने प्रतिवद्धता जनाउनु भएको छ ।
नेकपा एमाले मण्डनदेउपुर–काठमाडौँ सम्पर्क मञ्चले शनिवार काठमाडौँमा आज गरेको उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको छ । उहाँले अहिले मण्डनदेउपुर नगरपालिकाको नाम लिँदा पनि आम मानिसमका राम्रो छाप नबसको बताउँदै आफुहरु विजयी भएको खण्डमा नगरपालिकालाई सुशासनको क्षेत्रमा अब्बल बनाउने बताउनु्भयो ।
उहाँले आफुहरु विजयी भएको खण्डमा अहिले जस्तो भ्रष्ट्रचारको दलदलमा नफसी भ्रष्ट्रचारको ‘भ’ पनि हुन नदिने दावी गर्नुभयो । उहाँले आफुहरु विजयी भएको खण्डमा देशका सबै स्थानीय तहले मण्डनदेउपुरका सुशासनको क्षेत्रमा कसरी काम गरेको छ भनेर अध्ययन गर्न आउने केन्द्रको रुपमा विकास गर्ने बताउनुभयो । उहाँले नगरपालिकामा अहिले योजना बनाउँदा नगर प्रमुख र वडा अध्यक्षले कमिसन खाने गरी, ठेक्का दिने हिसाबले चालु पूँजी बढाएर योजना बनाउने काम भएको आराप लगाउँदै एमालेका उम्मेदवारले जितेपछि जनताद्धारा नै योजना बनाउने छौँ, कार्यान्वयनको जिम्मा जनतालाई नै दिने र सबै योजनाहरुको बिल, भर्पाई अहिले सार्वजनिक सुनुवाई गरी सबै हिसाब किताब देखाउने बताउनुभयो ।
नगर प्रमुख पदका उम्मेदवार सापकोटाले लोकतन्त्रमा पालिकाको सबै हिसाब पारदर्शी हुनुपर्ने भएपनि अहिले कुन शिर्षकमा कति बजेट खर्च भयो भनेर हेर्न जाँदा त्यसको उत्तर पाउने अवस्था नभएको बताउँदै आफुहरु आएपछि खर्च पारदर्शी बनाई सूचना प्रविधीको माध्यमबाट समेत हेर्न सकिने बनाउने बताउनुभयो । उहाँले एमालेले जितेको खण्डमा नगरपालिकामा लेखपढ नगरेको सेवाग्राही आएको खण्डमा त्यस्ता नागरिकको सेवाका लागि दुई जना कर्मचारी नै राखेर उहाँहरुको काम छिटो गरेर पठाउने व्यवस्था मिलाउने, नाल्दुम, नगरकोट र मण्डनलाई पर्यटनसँग जोड्नका लागि विभिन्न पूर्वाधार निर्माण गर्ने, कृषिको क्षेत्रमा काम गर्नको लागि एक वर्ष अनुदान दिने रकमले नगरपालिकाले आफै नर्सरी स्थापना गरी मौसम र माटो अनुसारको बोट विरुवा कृषकलाई वितरण गर्ने प्रतिवद्धता जनाउनुभयो ।

तपाईको प्रतिक्रिया