वाइसिएल मण्डनदेउपुरका इन्चार्ज ढकालले गरे एमाले प्रवेश

बनेपा÷जनयुद्धकालमा लडाकु । निरन्तर नेकपा माओवादी केन्द्रमा कृयाशिल रहेका काभ्रेको मण्डनदेउपुरका युवा नेता विनोद ढकाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रेका सदस्य एवं वाईसिएल नेपाल मण्डन देउपुर नगर कमिटिका ईन्चार्ज विनोद ढकाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।
शनिबार नेकपा एमाले मण्डनदेउपुर काठमाडौं सम्पर्क कमिटिले काठमाडौंमा आयोजना गरेको उम्मेद्वार परिचय कार्यक्रममा ढकाललाई नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा र नेकपा एमालेका तर्फबाट मण्डनदेउपुर नगर प्रमुखका उम्मेद्वार बिदुर सापकोटाले एमालेमा स्वागत गर्नुभएको थियो ।
पार्टी प्रवेश गरेपछि ढकालले देश विकास गर्ने पार्टी एमाले मात्र भएको बताएका थिए । ढकालले उर्जावान युवाहरु एमालेमा सहभागी हुनुपर्ने बताएका थिए । उनले गठबन्धनको उम्मेदबार भष्ट्राचारी भएको र एमालेको उम्मेदबार भष्ट्राचार विरोधी भएकाले एमाले पार्टी रोजेको बताए ।

तपाईको प्रतिक्रिया