बेथानचोकमा समृद्धि ल्याउनको लागि गठबन्धनबाट उपाध्यक्षमा मेरो उम्मेदवारी : तिमल्सिना

तारा राना तिमल्सिना उप अध्यक्ष उम्मेदवार, बेथानचोक गाउँ पालिका काभ्रे । 
काभ्रेको बेथानचोक गाउँपालिकामा नेकपा माओवादी केन्द्रले तारा राना तिमल्सिनालाई उप अध्यक्षको उम्मेदावरको रुपमा अघि सारेकाछन् । स्थानिय निर्वाचनमा बेथानचोकमा नेकपा माओवादी केन्द्रबाट उपाध्यक्ष पदमा मनोनयन दर्ता गरेकी तारा राना तिमल्सिनाले विकासका लागि जनताको अपेक्षा अनुसार काम गर्ने बताईन् । उम्मेदवारी मनोनयनसँगै स्थानिय तहको बिकासकोलागि आफ्नोतर्फ बाट जनताको भावना अनुसार काम गर्ने तिमल्सिनाले बताईन् ।
माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेकी ताराले आफ्नो क्षेत्रको विकास गर्न थुप्रै विकासका नीतिहरु अघि सारेका छन् । पद्मकन्या क्याम्पबाट प्रवीणता प्रमाणपत्र तहउतिर्ण गरि बि बि एस र एक वर्षे बि एड महेन्द्ररत्न क्याम्पस तहाचलबाट पास गरि सकेपाछि राजनिती शास्त्रमा एम ए सम्मको अध्ययन त्रिचन्द्र क्यामसबाट पूरा गरेकि तिमल्सिनाले करिब ५ वर्षको बेथानचोक कै बिद्यालयमा अध्यापन समेत गरेकी थिइन् । नेकपा माओवादी केन्द्र बेथानचोक गाउँ पालिका कमिटिको अध्यक्ष समेत रहनुभएका तिमल्सिना राजनितिमा सक्रिया रहदै आएकाहुन । रानासंग काभ्रे हेडलाईनले गरिएको कुराकानी ।

 

तपाईले उम्मदवारी के का लागि ?
मेरो उम्मेदवारी काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका भित्र रहेको जनताको समृद्धि बिकास निर्माण गर्न आम जनताको भावना अनुसारको काम गरेर देखाउनको लागि मेरो उम्मेदवार रहेको छ । आफ्नो कर्मथलो बेथान्चोकलाई राजनीति क्षेत्र बाट जनताको पिर मर्कामा आफुलाई सहभागी बनाउन पाएकोमा गौरवान्वित छु । बेथान्चोक उत्थानका निम्ति आफुले बनाएको कार्य योजना ( रोडम्याप ) मतदाताहरुका निम्ति काम गर्नको लागि मेरो उम्मेदवारी रहेको छ, जनताले अपेक्षा गरे अनुसारको विकासका लागि मेरो उम्मेदवारी हो । बेथानचोकको बिकासमा नयाँ आयाम थप्ने अवसरको लागि सम्पूर्ण बेथानचोकबासी जनताहरुको साथमा छु । बेथानचोकका जनताको लागि आफूले हरेक तबरले सहयोग गर्ने प्रतिबद्धता जनाएर यस निर्वाचनको लागि मेरो उम्मेदवारी हो । जनताका सामान्य जनजीवनलाई सहज पार्ने र बेथानचोको विकासमा सकेको योगदान दिनको लागि मेरो उम्मेदवारी हो ।

घर दैलो जनताको बिचमा जाने काम कसरी हुदै छ ?
निर्वाचन नजिकैदै छ, चुनाव प्रचार—प्रसार र घरदैलोमा व्यस्त नै छु । बेथानचोक पालिका भित्र ६ वडा हरु छन् । सबै वडाहरुमा जनताको बिच जाने काम भईरहेको छ । गठबन्धनको टिम हामी पालिका अध्यक्षको उम्मेदवार भगवान अधिकारी सहित हामी वडा वडामा पुग्ने काम भईरहेको छौ । जनताको साथ जनताको मनो भावना बुझ्ने काम संगै हामीले गर्न सक्ने काम बारेमा जनताको बिच छलफल गर्ने काम निरन्तर भईरहको छ ।

तपाईले जित्नु भयो भने कसरी काम गर्नु हुन्छ ?
हामी गठबन्धनले जित्ने कुनै दुइ मत नै छैन । हामी जितको लागि नै जनताको बिचमा छु । हामीले कम्तीमा पनि पाँच वर्षसम्म स्थानीय सरकारले गर्ने कामहरुको योजना सहित आएका छौ । योजना अनुसार नै काम गरेर अघि बढ्ने गरी अघि सारेकाछौ । निर्वाचित भएपछि सुरुमा नै प्रतिबद्धता पूरा गर्ने लाग्ने कुरा भन्दा पनि काम गरेर देखाउनको लागि धेरै चुनौतीहरु छ । चुनौतीको बिच पनि जितेर जनताकै बिचमा रहेर काम गर्ने प्रतिवद्धता ब्यक्त गर्दछु ।

तपाईको प्रतिक्रिया