
बनेपा÷२०३७ सालदेखि जनताको पक्षमा गित गाउँदै कम्युनिस्ट जागरण फैलाउने रघुवर चौ प्रधानलाई केही समयमै बनेपालीले उपमेयरको रुपमा देख्न पाउनेछन् । साझा गठबन्धनबाट बनेपा नगरपालिकाको उपमेयर पदको उम्मेदबारी दिएका प्रधान वास्तवमा जनताको पक्षमा काम गर्न सालिन बौद्धिक र कर्तव्यनिस्ट नेता हुन् । लोभ, लालच नभएका उनी भष्ट्राचार विरोधी नेताको रुपमा परिचित छन् । उनले नेतृत्व गरेका धेरै संस्थाले सफलताको शिखर चुमी रहेका छन् ।
सादा जीवनका पक्षधर प्रधान केन्द्रीय नेतासँग सिधा लिगेसी राख्न सक्ने नेताको रुपमा परिचित छन् । महाभुकम्पकै कुरा गरौ । काभ्रेपलाञ्चोक जिल्ला जरजर रुपमा सो भुकम्पले आक्रान्त भएको समयमा प्रधानले राहत, पुन निर्माण, सामाजिक जागरणको क्षेत्रमा पु¥याएको योगदान कहिल्यै भुल्न सक्दैनन् ।
सो समयमा पुन निर्माण र पुन उत्थानको कार्यक्रम नेपालमै उदाहरणीय रुपमा भएको थियो । उनको नेतृत्वमा नेपाल रेडक्रस सोसाईटीले संचालन गरेको ब्लड बैंकको भवन निर्माण कार्य सम्पन्न भएको छ । यसमा प्रधानकै नेतत्व सवल देखिएको छ ।
किन आवश्यक छन् बनेपामा रघुबर
जो सँग योजना छ उसले नेतृत्व गर्छ । अर्काको टाउकोमा टेकेर परिवारले गरेको योगदानमा आधारित भएर कसैले नेतृत्व गर्न सक्दैन । तलदेखि उठेको नेतृत्व जोसँग भिजन, मिसन रहेको छ । त्यसले बनेपामा उदाहरणीय काम गर्न सक्छ । सामाजिक, साँस्कृतिक, अािर्थक, फोहोरमैला व्यवस्थापन।, खानेपानी,विपद् व्यवस्थापन र योजना बनाउन मेयरसँग खास सम्बन्ध स्थापित गर्न सक्छन् उनी ।
उनले नेतृत्व गरेको कुनै पनि सामाजिक, राजनीतिक संस्थामा उनि फेलियर भएका छैनन् । जो निरन्तर उत्र्तिण भएको छ । उसलाई नेतृत्व दिनु पर्छ । त्यो नेतृत्व दिन सकेमा समृद्ध बनेपाको सपना पुरा हुन सक्छ । कुरा कम काम धेरै गर्ने असल व्यक्तिमा पर्ने प्रधान बनेपाको आवश्यकता हो ।
जो भुकम्पमा सतिसाल बनेर काभ्रेली जनताको सेवा गरे
2022-05-05T08:13:11+05:45

तपाईको प्रतिक्रिया