पाँचखाल÷राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मासँग सिधा सम्बन्ध राख्न सक्ने कंचन अधिकारीलाई नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदबार बनाएपछि पाँचखालमा उनको चर्चा चुलिएको छ ।
उनलाई स्थानीय जनताले रैथाने जातको नेता भनेर प्रशसा गरेका छन् । सामाजिक संञ्जालमा स्थानीयले लेखेका छन् । हाइब्रीड धानको बीउ रोजेर चितवनबासीले धानको ठाँउमा भुस पाए बरु लोकल रोजेको भए मुरिको ठाउमा पाथी भएपनी पाउथे ।
पाँचखालका किसानले अहिलेको चुनावमा हाइब्रीड महेश खरेल रोज्ने कि लोकल कंचन अधिकारी ? संघ र प्रदेशको बजेटमा फित्ता बोकेर फेसबुकमा फोटो राख्दा बिकासप्रेमी हुने भए नगरको आन्तरिक स्रोत बाट के के भयो सोध्ने कि नसोध्ने ? देखेकै हो विगतमा छ लाख देखि १० लाखसम्म बजेट बिनियोजन गरेर पत्रिकामा सूचना निकालेर कति विकास गरियो भनेको अब फैसला पाँचखाल बासिको हातमा रहेको छ धान रोज्ने कि भुस ? काम गर्ने मेयर कि कनिके बजेटमा संघ र प्रदेशको बजेटमा फेसबुकमा बिज्ञापन गर्ने मेयर ?
पाँचखालका जनताले भने अरुले ल्याएको बजेटमा फित्ता नाप्नेलाई नभएर बजेट ल्याउने कंचनलाई मत दिनुस
2022-05-02T18:52:36+05:45

तपाईको प्रतिक्रिया