काभ्रेमा १३ स्थानीय तहमा बैशाख ३० गते निर्वाचनको लागि २७ सय ७३ जनाको मनोनयन दर्ता


धुलिखेल– स्थानीय तहको निर्वाचनको लागि काभ्रेमा २७ सय ७३ जनाको मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्यालय काभ्रेले जनाएको छ ।

निर्वाचन कार्यालयको अनुसार अध्यक्ष प्रमुख, उपाध्यक्ष, उपप्रमुख, वडा अध्यक्ष, सदस्य, महिला सदस्य र दलित महिला सदस्य गरि सबै भन्दा धेरै बनेपा नगरपालिकामा ३ सय १६, पनौती नगरपालिकामा २ सय ६८, पाँचखाल नगरपालिकामा २ सय ४१, धुलिखेल नगरपालिकामा २ सय ३७, नमोबुद्ध नगरपालिकामा २ सय २८ र मण्डनदेउपुर नगरपालिकामा २ सय ७६, भुम्लु गाउँपालिमा १ सय ९३, चौरीदेराली गाउँपालिमा १ सय ९३, महाभारत गाउँपालिमा १ सय २६, खानीखोला गाउँपालिमा १ सय ११, रोशी गाउँपालिमा २ सय ३५, तेमाल गाउँपालिमा २ सय ०४ र बेथानचोक गाउँपालिकामा १ सय ४५ जना गरि कुल २७ सय ७३ जनाको उम्मेदवारी दर्ता भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया