काठमाडौं÷ काठमाडौंमा हरेक गतिविधीमा अग्रणी भुमिका निर्वाह गर्ने रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसको अनेरास्वविय्ुको नेतृत्व गर्ने चाहना सबैको हुन्छ । विद्यार्थी राजनितीमा अनेरास्ववियु आरआरको भुमिका निक्कै अहम छ । स्ववियु निर्वाचनमा सदैव विजयी हुने किल्लाको रुपमा रहेको सो क्याम्पसको अखिलको नेतृत्व लोकेश खड्काले गर्ने भएका छन् ।
विद्यार्थी नेता भनेको रहरलाग्दो, भरलाग्दो,लोभलाग्दोसँगै डरलाग्दो हुने पर्ने सबै किसिमका गुण बोक्ने लोकेश अध्यक्षमा चयन भएसँगै विद्यार्थीहरुमा खुसीको बहार छाएको छ ।
अनेरास्ववियु क्याम्पस जिल्ला कमिटी सह–इन्चार्ज किङ्मा शेर्पाको अध्यक्षतामा आईतबार बसेको बैठकले खड्कालाई अध्यक्षमा नियुक्त गरिएको हो । विद्यार्थीहरु माझ लोकप्रिय रहेका खड्काले यसअघि उपाध्यक्ष पदमा रँहदा उनको नेतृत्वमा दर्जन भन्दा बढी कार्यक्रमहरु गरिसकेका छन् ।
अग्रजहरुको निर्देशन तथा सबै विद्यार्थीको हकहितमा काम गर्ने लोकेशले प्रतिबद्धता व्यक्त गरेका छन् । विद्यार्थीको समस्या समाधान गर्न दिलो ज्यान दिएर लाग्ने खड्काको नेतृत्वले धेरै काम गर्ने आसा पलाएको विद्यार्थीहरु बताउँछन् । पत्रकारिता विभागको स्नातकोत्तर तहको प्रथम सेमेष्टरमा अध्ययरत खड्का आफूले सदैव विद्यार्थीको हकहितमा काम गर्ने बताए ।

तपाईको प्रतिक्रिया