बनेपा÷स्थानीय सरकार,जनताको पिरमर्का बुझ्ने अनि जनताका समस्यालाई समाधान गर्ने प्रथम बिन्दु नै हो । पाँच बर्षअघि काभ्रेको बनेपामा प्रचण्ड बहुमत सहित एमालेका उम्मेदबार लक्ष्मीनरसिंह वादे र उपमेयर रेखा दाहाललाई विजयी बनाएका बनेपालीको एउटै साझा सपना थियो अरनिको राजमार्गको व्यवस्थापन ।
फुटपाथमा सहज रुपमा हिड्न पाउने अवस्था, धुलो र हिलोमुक्त अरनिको राजमार्ग । पाँच बर्षमा त्यो कुरा बनेपाली पाए की पाएनन् अहिले प्रश्न चिन्ह उठेको छ । कहाँनेर चुक्यो बनेपा । किन गर्न सकेन आम जनताको चासोको काम । फेसबुके प्रचारमा मात्रै किन रमायो । यस्ता धेरै प्रश्नको उत्तर खोज्नजाँदा ओठे उत्तर धम्कीको भाषा बाहेक नपाउने गुनासो सेवाग्राहीको छ । अनि अन्तिम उत्तर राजमार्गको व्यवस्थापनको जिम्मेबारी संघीय सरकारले गर्छ हाम्रो यसमा अधिकार हुन्न ।
राजमार्गमा गर्न सक्नु भएन शाखा सडकका फुटपाथमा अतिक्रमण छैन त ? यसको खोजि गर्न बसपार्कबाट बंैक अफ एशियाको बाटो गए पुग्छ । लायकु दरबारबाट चण्डेश्वरीसम्म हेरे पुग्छ । चारदोबाटोबाट धनेश्वर जाने सडकमा नजर घुमाए पुग्छ । कहाँ भएको छैन फुटपाथमा अतिक्रमण अनि के हेरेर बसेको छ स्थानीय सरकार यसको उत्तर बनेपालीले अहिलेसम्म पाएका छैनन् ।
बनेपाको स्थानीय सरकारले नदेखेको फुटपाथ अतिक्रमण
2022-02-09T09:27:41+05:45

तपाईको प्रतिक्रिया