गण्डकीबाट काभ्रेकी पन्त बिजयी

राष्ट्रियसभा निर्वाचन अन्तर्गत महिला काेटामा गण्डकी प्रदेश बाट काभ्रेकी कमला पन्त बिजयी भएकी छन् । उनले निकटतम प्रतिश्पर्धी लिला थनेतलाई ३ सय ६० मतभारकाे अन्तरले पराजित गरेकी हुन् ।
पन्त गठबन्धनकी उम्मेद्वार हुन् भने थनेत एमालेबाट उम्मेद्वार हुन् । पन्तले ३०८४ मतभार पाउँदा थनेतले २७२४ मतभार पाईन् । गठबन्धनबाट ७ मत क्रस भएकाे छ । प्रदेश सांसदमध्ये २ जना र स्थानीय तहका ५ जनप्रतिनिधिकाे मत क्रस भएकाे हाे ।
पन्तले प्रदेश सांसदबाट २९ मत पाईन् भने निकटतम प्रतिश्पर्धी लिला थनेतले पनि २९ मत पाईन् । स्थानीय तहतर्फ गठबन्धनकि उम्मेद्वार पन्तले ९४ मत पाएकी छिन्, थनेतले ७४ मत पाईन् ।

तपाईको प्रतिक्रिया