
रोशी – रोशी गाउँपालिकामा कार्यरत केही कर्मचारीमा कोभिड १९ को संक्रमण देखिएकोले अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरिएको छ । भोलि माघ ६ गते देखि अन्य सेवाहरु बन्द हुने गाउँ पालिकाले जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । कन्ट्र्यक ट्रेसिङमा परेका अन्य कर्मचारीहरुको परीक्षणको लागि केही समय लाग्ने भएकाले अत्यावश्यक बाहेक अन्य सेवा प्रवाह स्थगित गरिएको गाउँ पालिका अध्यक्ष डिबि लामाले काभ्रे हेडलाईनलाई जानकारी दिनु भयो । भोलि माघ ६ गते देखि गाउँपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका अन्य सेवाहरु अर्को सूचना नआए सम्मका लागि स्थगन गरिएको अध्यक्ष लामाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया