बनेपा÷एमालेको विरासत बोकेको पाँचखाल नगरपालिका यतीबेला एमालेमय बनेको छ । सिंगो एमाले पार्टी र त्यसका भातृ संगठनले वडा, टोल तथा बस्तीमा पौष २३ गते हुने एमालेको जिल्ला अधिवेशनको सन्र्दभमा भेला तथा जनपरिचालन समितीका बैठक बसिरहेका छन् ।
एमाले पाँचखालका अध्यक्ष विष्णु पौडेल जिल्लाले तोकेको भन्दा पनि धेरै जनसहभागिता पाँचखालले जनाउने तयारीमा लागेको बताउनुहुन्छ । स्थानीय तहको निर्वाचनमा प्राविधिक त्रुटिको कारणले सामान्य मतले पराजित हुने पुगेको पाँचखालमा अब त्यस्तो गल्ति नगर्ने तरिकाले काम गरिरहेको र त्यसलाई जिल्ला अधिवेशनले संगठन विस्तारसँगै एमालेको पुरानो स्वरुपमा ल्याउन मद्धत पुगेको हो ।
पाँचखालमा केही दिन यता युवा, विद्यार्थी, किसान, मजदुर, जातीय मुक्तिमोर्चा, महिला, सबै सम्ुह एमालेको जिल्ला अधिवेशन सफल बनाउन सकृय भएर लागेका छन् । जसको कारणले पाँचखाल एमालेमय बनेको छ । अध्यक्ष पौडेल अब हुने निर्वाचनमा केन्द्रीत भएर लागेको बताउनुहुन्छ ।
दैनिक रुपमा भेलामा सयौंको संख्यामा उपस्थित भैरहेको जिल्ला अधिवेशनलाई प्रतिष्ठाको रुपमा बनाउने तयारीमा एमाले पाँचखाल लागेको छ ।
जिल्ला अधिवेशनको सन्र्दभमा एमाले पाँचखालले स्वागत द्वार निर्माण गरेर आफू एक कदम अघि रहेको पुष्टि गरिसकेको छ । पाँचखाल हिजो पनि एमालेको किल्ला रहेको, आज पनि रहेको र भोलि पनि रहने सन्देश पाँचखालबासीले दिएको अध्यक्ष पौडेल भन्न्ुहुन्छ ।
पाँचखालका टोलटोलमा एमालेको अधिवेशनको चर्चा
2022-01-04T20:43:38+05:45
तपाईको प्रतिक्रिया