स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाललेको आयोजनामा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा–२०८२ पहिलो पटक काभ्रेमा आयोजना गरिएको छ । नयाँ पुस्तामा स्वदेश, स्वधर्म र स्वसंस्कृतिप्रति गौरवभाव जागृत गराउने उद्देश्यले बनेपास्थित बनेपा बहुप्राविधिक शिक्षालयको खेल मैदानमा परीक्षा संचालन भएको हो ।
बहुवैकल्पिक उत्तरसहित ५० वटा प्रश्न सोधिएको परीक्षामा काभ्रेका विभिन्न विद्यालयका एक हजार विद्यार्थीले सहभागिता जनाएका थिए । तीमध्ये आठ जनाले सबै प्रश्नको सही उत्तर मिलाएर शतप्रतिशत अंक प्राप्त गरेका थिए । सही उत्तर दिनेमध्येबाट गोलाप्रथाका आधारमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना विजेता छनोट गरिएको थियो । त्यस्तै ८ जनाले ४९ वटा र तीन जनाले ४८ वटा प्रश्नको उत्तर मिलाए ।
गोलाबाट सुभचामुण्डा माविका छात्रा सबिना योञ्जन प्रथम हुनुभयो । चण्डेश्वरी सृष्टिकान्त माविको छात्रा रुबिसा घिमिरे द्धितिय हुनुभयो । भालेश्वर माविको ईश्या आरसी तृतीय हुनुभयो । भालेश्वरका सगर्व न्यौपाने, आजाद माविका देवक सारु मगर, शिक्षा सदन माविका अनुज अवाल, बेलर ईन्टरनेशनल श्रीबिसा बस्नेतले प्रोत्साहन पाए । सबै जना प्रथम भएपनि गोलाप्रथाबाट उनीहरुलाई पुरस्कार वितरण गरिएको हो ।
संघले वि.सं. २०७१ बाट निरन्तर रूपमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा आयोजना गर्दैआएको छ । काभ्रेमा भएको परीक्षाको प्रमुख अतिथी व्याकुल माईला रहनु भएको थियो भने सभापतित्व शिक्षासेवी सबैका हेडसर रामप्रसाद अधिकारीले गरेका थिए । नेपाल प्रहरीका पुर्व अतिरिक्त महानिरीक्षक कल्याणकुमार तिमल्सिना, अतिरित्तः महानिरीक्षक संस्थाका महासचिव तुलसी न्यौपाने, टिपी रिजाल, प्याब्सन बनेपाका अध्यक्ष महेन्द्र बिष्ट, केयूका प्रा.डा. नरेश रिमालले मन्त्व्य राखेका थिए । विद्यार्थीलाई हली नेवा गुथीले स्वागत सम्मान गरेको थियो ।

तपाईको प्रतिक्रिया