
अहिले निर्वाचनको माहौल छ । प्रत्येक पाँच÷ पाँच बर्षमा हुने निर्वाचनमा उम्मेदवारहरु मतदाताको घरदैलोमा पुग्छन् । आफ्ना बाचा र प्रतिबद्धता सार्वजनिक गरेर मतदातासँग मत माग्छन् ।
तर यतीबेला काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं ८ मा रहेको ज्योति एकेडेमीका शिक्षक शिक्षिका अभिभावकको घरदैलोमा पुगेर सुझाव बटुल्दै छन् । मतका लागि नभएर विद्यालयको शैक्षिक सुधारका लागि । अझ अब्बल र परिष्कृत बनेर नजिता उत्कृष्ट बनाउनको लागि । आफ्ना घर आँगनमै आएर सुझाव संकलन गरेको देखेर अभिभावक पनि खुसी छन् । उनीहरुले शिक्षामा सुधार, यातायात व्यवस्थापनदेखि आफ्ना छोराछोरीको आनीबानीको बारेमा खुलेर शिक्षकसँग कुरा राखेका छन् ।

ज्योति एकेडेमीको तर्फबाट विद्यार्थीहरूको दैनिक क्रियाकलापको जानकारी लिन तथा विद्यालयबाट सुधार गर्नुपर्ने पक्षहरूको पहिचान गरी समाधान खोज्ने उद्देश्यले घरदैलो गरिएको प्रिन्सिपल महेन्द्र बिष्टले जानकारी दिनुभयो ।
उहाँले घरदैलोमा पुगेका शिक्षकशिक्षिकाले अभिभावकहरूसँग प्रत्यक्ष संवाद गर्दै विद्यार्थीहरूको अध्ययन अवस्था, व्यवहार, अनुशासन, रुचि र चुनौतीहरूबारे विस्तृत छलफल गरेर सोही अनुसार अध्ययन अध्यापन गराउने लक्ष्य राखेको बताउनुभयो ।

उम्मेदवारले अभिभावकबाट पाएका सुझाव र विकास निर्माण पुरा होलान् नहोलान् तर शिक्षिकशिक्षिकाले घरदैलोबाट आएको सुझावनलाई पुर्ण रुपमा कार्यान्वयन गर्छन् ।
विद्यालयको शैक्षिक वातावरण अझ प्रभावकारी र गुणस्तरीय बनाउन आवश्यक सुझावहरू समेत संकलन गरिएको र त्यसको कार्यान्वयन गरिने प्रतिबद्धता प्रिन्सिपल बिष्टले गर्नुभयो ।

तपाईको प्रतिक्रिया