बनेपा÷केन्द्रको प्रत्यक्ष हस्तक्षेपछि काभ्रेमा प्रमुख दलले उम्मेदबार छनौट गरेका छन् । सोमबार ल्होसारको अवसरमा काभ्रेका धेरै ठाउँमा विविध कार्यक्रम भए तर सामाजिक संञ्जाल भने निर्वाचनमै केन्द्रीत भए ।
फागुन २१ गतेको निर्वाचनका लागि भोली माघ ६ गते मंगलबार उम्मेदवारी मनोनयनको कार्यतालिका अनुसार दलहरुले उम्मेदबारको अन्तिम नाम टुंग्गो लगाएका छन् । काभ्रेबाट अधिकांश दलहरुले उम्मेदवारको टुङ्गो लगाईसकेका छन् । उम्मेदवार छनौटको विषयले प्रत्यक्ष रुपमा मुख्य दलबीच विवादजस्तो पनि देखिएको छ ।
नेपाली कांग्रेसले एक नंम्बर क्षेत्रमा यो समाचार तयार पार्दासम्म उम्मेदबार टुग्याउन सकेको छैन । दुई नंम्बरमा भने ईञ्जिनियर मधुप्रसाद आचार्य उम्मेदबार बनेका छन् । उनी पनौतीका स्थायी बासिन्दा हुन् ।
नेकपा एमालेले क्षेत्र नम्वर १ बाट अमित लामा र क्षेत्र नम्वर २ बाट अशोक ब्याञ्जुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । लामा रोशी गाउँपालिका र व्याञ्जु धुलिखेल नगरपालिकाका स्थायीबासिन्दा हुन् ।
नेपाली कम्युनिष्ट पार्टीले क्षेत्र नम्वर १ मा दिनानाथ गौतम र क्षेत्र नम्वर २ मा बसुन्धरा हुमागाईको उम्मेदवारी दर्ता गराउने निर्णय गरेको छ । गौतम चौरीदेउराली गाउँपालिका र हुँमागाई पनौतीका स्थायी बासिन्दा हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले क्षेत्र नम्वर १ मा मधुकुमार चौलागाई र क्षेत्र नम्वर २ मा बदन भण्डारीको उम्मेदवारी दर्ता गराउने निर्णय गरेको छ । चौलागाई अधिवक्ता हुन् । उनी चौरीदेउराली गाउँपालिकाका स्थायीबासिन्दा हुन् भने भण्डारी भुम्लु गाउँपालिकाका स्थायी बासिन्दा हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले क्षेत्र नम्वर १ बाट नवराज सत्याल र क्षेत्र नम्वर २ बाट उम्मेदबारको टुग्गो लागेको छैन । सत्याल नमोबुद्ध नगरपालिकाका स्थायी बासिन्दा हुन् ।
उज्यालो नेपाल पार्टीले क्षेत्र नम्वर १ मा अझै टुङ्गो लगाएको छैन । क्षेत्र नम्वर २ मा ज्योत्सना सैजुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सैजु पर्यटन व्यवसायी र बनेपाको स्थायी बासिन्दा हुन् । उनी प्रत्यक्ष निर्वाचनमा लड्ने एकमात्र महिला उम्मेदवार बनेकी छन् । काभ्रे क्षेत्र नम्बर १ बाट प्रत्यक्ष उम्मेदवार विनोद लामा (कोनिका) तेस्रोलिंगी समावेशी समाजवादी पार्टीको उम्मेदवार भोलि दर्ता गर्ने घोषणा गर्नुभएको छ ।
काभ्रेमा दलबीच उम्मेदवार चयनमा रस्साकस्सी, ज्योत्सना बनिन् प्रत्यक्षतर्फको एक्लो महिला उम्मेदवार
2026-01-19T20:51:10+05:45

तपाईको प्रतिक्रिया