स्वस्थ्य उत्पादन र बजारका लागि कृषक समुह

 

बनेपा / काभ्रेबाट सुरु भएको कृषक समुह अभियान पर्सा पुगेको छ । स्वस्थ्य उत्पादन र बजारका लागि कृषक समुह बनाउँदै उपभोक्तासम्म सहज र सुपथ मूल्यमा कृषि उपज लाने लक्ष्य बोकको समाज विकास तथा वातावरण सुधार नेपालको अयोजनामा र राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले पर्साको बहुदरमाई नगरपालिका वडा नं. ०५ र ०६ मा पाँचवटा कृषक समुह गठन गरेको छ ।
बहुदरमाई नगरपालिका वडा नं. ०५ मा समाज विकास तथा वातावरण सुधार नेपालका प्रबन्ध संचालक कवी पुडासैनी तथा राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडका जनकपुर शाखा प्रबन्धक पवन कुमार सिंह बिरगञ्ज सम्पर्क कार्यालयका संयोजक जवाहरलाल रायको उपस्थितीमा कृषक समुह गठन गरिएको हो । । कार्यक्रममा करिब १०० जना भन्दा बढी स्थानीय किसानहरूको सहभागिता रहेको थियो ।
कृषक समुह गठन कार्यक्रममा प्रबन्ध संचालक पुडासैनिले किसानसँग मिलेर काम गर्नको लागि हामीलाई किसान दाजुभाई जम्मा गर्ने, भेटघाट गर्ने तथा त्यहाँ भएको समास्यको पहिचान गर्ने साथै पहिचान भएका समस्याहरुको समाधानका लागि पहलकदमी गर्नको लागि कृषक परिवार गठन गर्न अवश्यक रहेको कुरा जानकारी गराउनुभयो ।
राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले आफ्ना सहायक कम्पनीहरू मार्फत किसान स–शक्तिकरण कार्यक्रमहरु गर्दै आईरहेको जानकाारी पनि पुडासैनीले दिनुभयो । किसानको मुख्य समस्या बजारीकरणको लागि सहायक कम्पनी आर.के.सि.एन.एल फुड बैँक लिमिटेड स्थापना गरिएको छ । त्यसबाट नै किसानबाटै ताजा तरकारी र फलफूल उचित बजार मूल्यमा खरिद गरी पारदर्शी सम्झौता गर्ने, विषादी न्यूनीकरण गरिएको उत्पादन बजारमा उपलब्ध गराउने र बजार व्यवस्थापन गर्ने बताउनुभयो ।
कृषिलाई सूचना प्रविधिसँग जोड्नका लागि सहायक कम्पनी आर.के.सि.एन.एल आईटेक लिमिटेड स्थापना गरि डिजिटल कृषि समाधान, मोबाइल एप्स र बजार जानकारी र स्मार्ट कृषि उपकरणको प्रवद्र्धन गर्ने योजना रहेको पनि जनाकारी गराउनुभयो । सहभागी किसानहरूले यो पहललाई उपयोगी ठान्दै आफ्नो उत्पादनको बजार र उचित मूल्य पाउने आशा व्यक्त गरेका थिए । उनीहरूले कृषि सम्बन्धी समस्या, प्रविधिको प्रयोग र बजार पहुँचबारे जानकारी हाँसिल गर्नुभएको थियो । यस कार्यक्रमले किसानहरूमा कृषि प्रविधि, बजार पहुँच र उत्पादन क्षमता बढाउन सहयोग पुग्ने अपेक्षा रहेको पनि पुडासैनीले बताउनुभयो । संस्थाले स्थानीय कृषि उत्पादनलाई प्रवद्र्धन गर्ने, किसानलाई प्राविधिक सहजीकरण र बजारको लागि सहयोग दिने र कृषिलाई आधुनिक र लाभकारी बनाउने दिशामा सेवा प्रवाह सुनिश्चित गर्ने र किसानमैत्री भूमिका निर्वाह गर्ने तयारी गरेको छ ।
गठन कार्यक्रमको छलफलका क्रममा किसानबाट बिभिन्न समास्याहरु मध्ये कृषि उपज बिक्रिको क्रममा बजारिकारण ठुलो समास्या रहेको र त्यसको लागि कम्पनीले सिधा कृषकहरुसँग पारदर्र्शी सम्झौता गरि अगाडी बढ्न सुझाव दिनुभएको थियो भने बहुदरमाई नगरपालिका वडा नं.०५ को भौराटार र पटनी गाँउको किसान समेटेर जय श्री राम कृषक समूह, सिधु कृषक समूह तथा शिव शक्ति कृषक समूह र बहुदरमाई नगरपालिका वडा नं.०६ को गम्हरिया गाँउको किसान समेटेर चांद कृषक समूह र सिधु कृषक समूह गठन गरिएको थियो । जसमा महिलाहरुको प्रतिनिधित्व सहित सात सदस्य कार्यसमिति गठन गरिएको छ ।

 

तपाईको प्रतिक्रिया