नमोबुद्ध नगरपालिका १ मथुरापाटीका नवराज सत्याल काभ्रेको प्रतिनिधि सभा क्षेत्र नं. १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दर्ता गराएका छन् ।
राप्रपाका काभ्रे जिल्ला वरिष्ठ उपाध्यक्ष रहेका सत्यालले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रुपमा अघि बढेका सत्यालको चुनावी अभियान उम्मेदवारी दर्तासँगै सुरु भइसकेको छ ।
देशको धर्म, संस्कृति र राष्ट्रिय अस्तित्व जोगाउने उद्देश्यसहित आफू २०७९ सालमा राजनीतिमा प्रवेश गरेको उनले बताए । पृथ्वी नारायण शाहले एकीकरण गरेको देश अहिले विदेशी प्रभावको अखडा बन्दै गएको, युवा जनशक्ति विदेश पलायन भइरहेको र गाउँमा वृद्ध–वृद्धामात्र सीमित बनेको अवस्थाप्रति उनले चिन्ता व्यक्त गरे । भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने र विदेशिएका युवालाई स्वदेश फर्काउने अभियान सहित आफूले उम्मेदवारी दिएको उनको भनाइ छ ।
काभ्रे जिल्लालाई पर्यटनको केन्द्रका रूपमा विकास गर्ने, भित्री सडक, यातायात र पूर्वाधार समस्याको समाधान गर्ने आफ्नो प्रमुख एजेन्डा रहेको उनले बताए । व्यापार–व्यवसाय छोडेर देश जोगाउने उद्देश्यले राजनीतिमा होमिएको बताउँदै उनले राष्ट्रिय प्रजातन्त्र पार्टी नै माटो, धर्म र राष्ट्रियताको रक्षा गर्ने पार्टी भएकाले त्यसमा आबद्ध भएको स्पष्ट पारेका छन् ।
उम्मेदवारी दर्ता गराएपछि उनले के भने
हिलेको मेरो उम्मेदवारी मेरो रहर स्वार्थ नातावाद कृपावाद केहिवाट पनि उपेक्षित नभएर नासिएको धर्म र भासिएको देशलाई उकास्नको लागी हो। हे….. नेपाली जनताहरु !!!!देशनै नरहे!!!खोई? मेरो देश ? भनेर डाँको छोडेर रुँदैमा पछि देश फिर्ता आउदैन॥॥ कोहि त छ आफ्नै राष्ट्र आफ्नै धर्म बचाँउन र जनताका आधारभूत समस्या लाई सुधार्छु भन्ने ? बैलेमा होस् पुऱ्याउनुहोस्। मलम पट्टी त लगाउँछु तर पहिला घाईते कसरी बनाउने भन्ने खेल भईरहेको छ। यो कुरा सबैले बुझ्नु जरूरी छ। सम्पूर्ण काभ्रेबासी हरुलाई मेरो साष्टाङ्ग ढोग सहितको सत्य सुझाब स्विकार्नुहोला। जयदेश जय
राष्ट्रिय अस्तित्व जोगाउन भन्दै नवराजको उम्मेदवारी
2026-01-23T06:02:30+05:45

तपाईको प्रतिक्रिया