
काठमाडौं÷घाम उस्तै होला कि फरक होला नेपाल र अमेरिकाको ? नियात्राकार छविरमण सिलवालको नविनतम नियात्राकृति ’अमेरिकाको घाम’लोकार्पित भएको छ । सो पुस्तक अध्ययन गरेपछि घामको फरक थाहा पाउनेछौ ।
बुधबार राजधानीमा उक्त कृति श्रीओम श्रेष्ठ ’रोदन’,नियात्राकार सिलवाल,सुमन सौरभ,केशव पराजुली, नन्दु उप्रेती,मधु पाठक,प्रदीप सापकोटा लगायतले लोकार्पण गर्नुभयो ।
नियात्राकार सिलवाल पाठकलाई आफुसँगै अमेरिका,यूरोप र चीनको यात्रा गराउन सक्षम भएको बरिष्ठ साहित्यकार ’रोदन’ले टिप्पणी गर्नुभयो । कृति मीठासपूर्ण भएकोले पाठकको माया पाउँने भुँडीपुराणका प्रबन्ध निर्देशक पराजुलीले विश्वास व्यक्त गर्नुभयो । यस अघि दश कृतिहरु प्रकाशित गरिसकेका सिलवालको यो दोस्रो नियात्रा कृति हो । कृतिभित्र विभिन्न शिर्षकका १३ थान नियात्राहरु समावेश छन् ।
राजकुमार बानियाँका अनुसार– ’सरल,सहज र सवेद्य भाषा अनि गाहे– ब –गाहे काव्यलहरीले यात्रा वृतान्तलाई सुन्दर बनाएको छ।’
कुमारी लामा भन्नुहुन्छ – ’जीवनका हर क्षण उत्सवमय बनाउन खप्पिस सिलवाल स्लोभेनियन नजरावें मा एकाध पटक मात्र सामेल भए तापनि अमेरिकाको घाम मार्फत समस्त पाठकहरुलाई रमरमिलो महसुस गराउन भने सफल छन्।’
अमेरिकाको घामलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो । यसको मूल्य रु.२७५। रहेको छ ।
कस्तो छ होला अमेरिकाको घाम, छविरमणको नियात्राकृति लोकार्पित
2026-01-07T18:19:23+05:45

तपाईको प्रतिक्रिया