
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नवराज सत्याल राजतन्त्रको स्थापनाको एजेन्डा बोकेर प्रतिनिधि सभा सदस्य निर्वाचनमा काभ्रे क्षेत्र नं १ मा उम्मेदवारी दिएका छन् । अरु दल एकातिर आफू अर्काेतिर रहेको उद्घोष सहित निर्वाचनमा होमिएका सत्यालसँग स्पष्ट विचार, संघीयताको खारेजी राजतन्त्रको पुनस्थापनाको माग रहेको छ ।
उहाँले आफ्नो निर्वाचन क्षेत्रमा रहेका मतदातासँग आफ्नो एजेण्डा राख्दा खुसी भएको र निर्वाचन जित्नेमा ढुक्क देखिएका छन् । पनौतीको विश्व सम्पदा सूचीमा सूचिकृत, नमोबुद्धको प्रचार र विश्व सम्पदा सूचीको लागि पहल, धुलिखेलको पर्यटन विकास, बेथानचोकको पर्यटन र कृषि, रोशीको कृषि र ग्रामीण पर्यटन तेमालको धार्मिक पर्यटन र बुद्धचित्त,महाभारत र खानीखोलाको ग्रामीण विकास कफीको प्रबृद्धन र सिधा सडक सम्पर्क आफ्ना चुनावी एजेन्डा हुने सत्यालले प्रतिबद्धता व्यक्त गर्नुभयो । विदेशमा बस्ने युवालाई अवसर सृजना गरेर नेपालमा ल्याउन सक्ने वातावरणको सृजनामा आफू केन्द्रीत हुने उहाँले विश्वास दिलाउनुभयो ।
मतदातासँग घरदौलामा भेटिनु भएको सत्यालले आफू जनताको सेवक रहेको कुनै पनि लोभलालच नभएको र जनताकै काखमा बस्ने बताउनुभयो । हामी पृथ्वीनारायण शाहदेवको आर्शिवादले राजतन्त्रको पुर्नवहालीको लागि मैदानमा आएका छन् । राष्ट्रका अभिभावक ज्ञानेन्द्र शाहले देश संकटमा परेको भनिसकेको हुनाले राजतन्त्रको पुर्नवहालीको माग बढेकाले राप्रपाका उम्मेदवारलाई मत मागेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, यो अवस्थामा मुलुकको निकासका लागि राप्रपालाई मतदान गर्नू सबैभन्दा उपयुक्र्त समय हो ।
राजतन्त्र पुर्नवहालीको एजेन्डा बोकेर चुनावी अभियानमा नवराज
2026-01-30T06:41:49+05:45

तपाईको प्रतिक्रिया