काभ्रेमा एमालेविरुद्ध पूर्व एमाले कांग्रेसबिरुद्ध पूर्व कांग्रेस नै प्रतिस्पर्धामा

आसन्न प्रतिनिधिसभाको निर्वाचनमा प्रमुख दलबीच प्रतिस्पर्धा हुने देखिएको छ । काभ्रे क्षेत्र नं २ मा एमाले,कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा, राप्रपा लगायतका ४२ जनाले उम्मेदवारी दिनुभएको छ । त्यसमा केही रोचक भिडन्त हुने देखिएको छ । एमालेबाट अशोक कुमार व्याञ्जु श्रेष्ठ उम्मेदवार बन्नु भएको छ । एमालेका केन्द्रीय सदस्य व्याञ्जुले धुलिखेल नगरपालिकाको मेयर पदमा राजिनामा दिएर संसदमा उम्मेदवारी दिनुभयो । उहासँग प्रतिस्पर्धामा होमिएका नेपाली कम्युनिस्ट पार्टीका बसुन्धरा हुँमागाई एमालेका पूर्व नेता हुन् । उनले यसअघि एमालेकै सूर्य चुनाव चिन्हबाट प्रदेशसभा सदस्य बनेका थिए । रास्वपाबाट उम्मेदबार बनेका बदन भण्डारी एमालेबाट नेकपा एसहुँदै रास्वपामा प्रवेश गरेका थिए ।
उहाँसँग नेपाली कांग्रेसका उम्मेदवार मधु आचार्य हुन् । उनीसँग प्रतिस्पर्धामा होमिएका राप्रपाका रंञ्जिब श्रेष्ठ पूर्व कांग्रेस नेता हुन् । त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका गणेशप्रसाद अधिकारी नेपाली कांग्रेसका नेता हुन् ।

तपाईको प्रतिक्रिया