प्रतिनिधिसभा काभ्रेपलाञ्चोकका दुई क्षेत्रमा ४२ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं १ मा १८ र क्षेत्र नं २ मा २४ जनाको उम्मेदवारी परेको हो ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागी काभ्रेमा शान्तिपुर्णरुपमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ । काभ्रेका दुई क्षेत्रमा कुल ४२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नं १ मा १८ र २ मा २४ जनाको उम्मेदवारी दर्ता भएको छ । क्षेत्र नं १ मा ३ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराउँदा २ मा भने ८ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। क्षेत्र नं १ मा नेकपा एमालेबाट अमित तामाङ, नेपाली कांग्रेसबाट गुणराज मुक्तान, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट दिननाथ गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मधुकुमार चौलागाई, मंगोल नेशनल अर्गनाइजेशबाट कमल बहादुर लामा, नेकपा माओवादीबाट कान्छा तामाङ, श्रम संस्कृति पार्टीबाट धिराज लामा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट नवराज सत्याल, समावेशी समाजवादी पार्टीबाट विनोद लामाको उम्मेदवारी दर्ता भएको छ ।
यस्तै, नेश्नल रिपब्लिक नेपालबाट भरत तामाङ, जनता समाजवादी पार्टीबाट मान बहादुर तामाङ, उज्यालो नेपाल पार्टीबाट योगेन्द्र लामा, संयुक्त नागरिक पार्टीबाट रत्न लामा, नेपाल मजदुर किसान पार्टीबाट राजु तामाङ र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट ज्ञानेन्द्र कुमार श्रेष्ठको उम्मेदवारी दर्ता भएको छ ।
क्षेत्र नं १ मा जीवन लामा, युवराज चौलागाई र राजेश कुमार श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
क्षेत्र नं २ मा नेकपा एमालेबाट अशोक कुमार ब्याञ्जु श्रेष्ठ, नेपाली कांग्रेसबाट मुध प्रसाद आचार्य, नेपाली कम्युनिष्ट पार्टीबाट बसुन्धरा हुमागाई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बदन कुमार भण्डारी, मंगोल नेशनल अर्गनाइजेसनबाट उमेश तामाङ, नेकपा माओवादीबाट कान्छा राम घिसिङ, उज्यालो नेपाल पार्टीबाट ज्योत्सना सैंजु, श्रम संस्कृति पार्टीबाट टंक बहादुर लामा, नेपाल मजदुर किसान पार्टीबाट मुना तामाङ, जनता समाजवादी पार्टीबाट रकम लामा तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रन्जिब श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
यो क्षेत्रमा प्रगतीशिल लोकतान्त्रिक पार्टीबाट रमेश बहादुर घर्ती क्षेत्री, नेकपा संयुक्तबाट राजन थापा, नेशनल रिपब्लिक नेपालबाट सुकमान तामाङ, राष्ट्रिय जनमोर्चाबाट सुवर्ण विक्रम थापा र मितेरी पार्टी नेपालबाट हरि बहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नं २ मा आशा तामाङ, उमेश थापा, केशव राज तिमल्सिना, गणेश प्रसाद अधिकारी, डिल्ली प्रसाद न्यौपाने, लेनिन विष्ट, विष्णु कुमार श्रेष्ठ र सिताराम मैनालीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिनिधिसभा काभ्रेपलाञ्चोकका दुई क्षेत्रमा ४२ जनाको उम्मेदवारी
2026-01-20T20:12:05+05:45

तपाईको प्रतिक्रिया