नेपाली कांग्रेसले पार्टी एकताको पक्षमा उभिन अपिल गरेको छ।
आज बसेको केन्द्रीय समिति बैठकले एकता र सद्भाव कायम राख्दै पार्टीलाई नयाँ उचाइमा पुराउन देशभरका नेता कार्यकर्तालाई अपिल गर्ने निर्णय भएको प्रवक्ता देवराज चालिसेले बताए।
निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीलाई पुराएको योगदान उच्च मूल्याङ्कन गर्दै आभार व्यक्त गर्ने निर्णय समेत गरेको बताए।
उनले भने, ‘हामीले उहाँको अभिभावकीय भूमिका निरन्तर रहिरहनेछ भन्ने विश्वास गरेका छौँ। यो बैठकले उहाँको योगदानको सम्मान गरेको छ। उहाँ लगायत अन्य अग्रज नेताहरूलाई पनि पार्टीलाई अझै बलियो बनाउनको लागि महत्त्वपूर्ण योगदान पुर्याउनुहुन्छ भन्ने विश्वास व्यक्त गरेका छौँ।’
उनले तत्काल संसदीय बोर्डको बैठक बसेर चुनावमा केन्द्रित हुने बताए।

तपाईको प्रतिक्रिया