सोनाम ल्होसारमा नमोबुद्धमा एक लाख ५ हजारको फुटवल प्रतियोगिता


सोनाम ल्होसारको अवसरमा काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकामा जिल्लाकै प्रतिष्ठित सेभेन ए साईड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । मोफसलमा प्रतिष्ठित मानिएको सो प्रतियोगितामा नेपालकै सो प्रतियोगितामा नेपालकै चलेका खेलाडी समेत सहभागी हुनेछन् ।
एक लाख ५ हजार पुरस्कार राशीको सेभेन ए साईट फुटवल प्रतियोगिताको तेश्रो संस्करण आगामी माघ १५ गतेदेखि २० गतेसम्म नमोबुद्ध नगरपालिका वडा नं १ मानेगाउँमा हुने भएको छ । सोनाम ल्होसारको अवसरमा हुने प्रतियोगितामा देशभरका २५ वटाभन्दा धेरै टिमले सहभागिता जनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामा उत्कृष्ट प्लेयर, वेष्ट किपर, कोच, हाईस्कोरर र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई जर्सी प्रदान गरिने भएको छ । ८ लाख अनुमानित खर्च हुने प्रतियोगितामा आन्तरिक तयारी पुरा भएको क्लबका अध्यक्ष उत्तरध्वज तामाङले जानकारी दिनुभयो ।
उहाँले स्थानीय तह, समाजसेवी खेलप्रेमीको सहयोगमा प्रतियोगिता संचालनका लागि लागेको बताउनुभयो । प्रतियोगितामा दोश्रो पुरस्कार ५५ हजार रुपियाँ रहेको क्लबका सचिव गणेश लामाले जानकारी दिनुभयो । उहाँले प्रतियोगिता नेपालकै सर्वाधिक राशीको फुटवल प्रतियोगिता रहेको बताउनुभयो । प्रतियोगितामा राष्टिय खेलाडीका क्लब, विभागिय टोलिका सहभागिता जनाउने आयोजकले उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया