
बनेपा÷एउटा विद्यालयको बार्षिकोत्सव विद्यार्थीको लागि धेरै महत्वपुर्ण हुन्छ । त्योभन्दा धेरै महत्व अभिभावकले दिन्छन् र विद्यालयले उपलब्ध गराएको सयौं अट्ने फुटसल ग्राउण्ड नै सानो हुन्छ भन्दा धेरैलाई प्रत्यार नलाग्न सक्छ ।
बनेपा–११ बनेपा हाईटमा रहेको आदर्श विद्यामन्दिर (एबिएम) स्कुलको २१औँ वार्षिकोत्सवमा अभिभावकको ठूलो भिड लागेको हो । साना र ठूला कक्षाका विद्यार्थी र अभिभावकलाई फरक फरक समयमा दिनका लागि आयोजना गरिएको बार्षिकोत्सव एउटा पर्वको रुपमा हेरिएको विद्यालयका प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले उल्लेख गर्नुभयो ।
समारोहमा बोल्ने वक्ताहरूले विद्यालयले विगत दुई दशकभन्दा बढी समयदेखि अघि बढाएको शैक्षिक सुधार र नवप्रवर्तनलाई ‘शैक्षिक क्रान्ति’ को संज्ञा दिँदै उच्च प्रशंसा भएको छ ।

कार्यक्रमका वक्ताहरूले गुणस्तरीय शिक्षा, अनुशासित व्यवस्थापन, प्रविधिमैत्री सिकाइ प्रणाली र परिणाममुखी शिक्षण पद्धतिका कारण एबिएम स्कुल बनेपामा मात्र होइन, काभ्रे जिल्लाकै शैक्षिक केन्द्र ( का रूपमा विकसित हुँदै गएको धारणा व्यक्त गरेका थिए । विद्यालयका संस्थापक प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदनअनुसार हाल विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म ७८७ जना तथा कक्षा ११ र १२ मा ३४५ जना विद्यार्थी अध्ययनरत छन्। उहाँले २०८१ साल असारमा आईएसओ २१००१ प्रमाणपत्र प्राप्त गर्ने काभ्रे जिल्लाकै पहिलो विद्यालय बनेको जानकारी दिँदै यस उपलब्धिले विद्यालयको शैक्षिक विश्वसनीयता थप बलियो बनाएको उल्लेख गर्नुभयो ।
प्याब्सनका केन्द्रीय उपमहासचिव भिमसेन केसीले प्याब्सनका आबद्ध विद्यालयमध्ये एबिएमले आफूलाई उत्कृष्ट रुपमा स्थापित गरेको बताउनुभयो । प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेलले अभिभावकले पनि विद्यार्थीको प्रतिभा पहिचान गर्न आवश्यक हुने सुझाव दिनुभयो । मोबाइलमा भन्दा किताबमा शिर झुकाउनुस सबै बालवालिका एक दिन सफलता मिल्ने उहाँले उल्लेख गर्नुभयो । प्याब्सन बनेपाका अध्यक्ष महेन्द्र बिष्ट,पनौतीका अध्यक्ष रामचन्द्र देउजा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने लगायतले मन्तव्य राख्नुभयो ।
अनलाइन एप प्रणाली, बालमैत्री कक्षाकोठा, रिसर्च सेन्टर, साइन्स तथा कम्प्युटर ल्याबजस्ता पूर्वाधारले विद्यार्थीको दीर्घकालीन सिकाइमा सकारात्मक प्रभाव पारेको उल्लेख गरेका थिए ।

अभिभावकहरूले विद्यालयले अपनाएको समावेशी छात्रवृत्ति नीति, समयमै शिक्षक–कर्मचारीको सेवा सुविधा, अनुशासित वातावरण र सुरक्षित यातायात सेवा ले आफूहरू विश्वस्त बनेको प्रतिक्रिया दिनुभयो । वक्ताहरूले शिक्षालाई व्यापारिक दृष्टिकोणभन्दा माथि राखेर मानवीय मूल्य, अनुशासन र प्रतिस्पर्धात्मक क्षमता विकास मा जोड दिइएकोमा विद्यालय व्यवस्थापनलाई धन्यवाद दिनुभएको थियो ।
समारोहमा अभिभावक, विद्यार्थी, शैक्षिक क्षेत्रका विज्ञ, विभिन्न विद्यालयका प्राचार्य, पत्रकार तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले आगामी दिनमा पनि एबिएम स्कुलले शिक्षा क्षेत्रमा नवीन प्रयोगमार्फत उदाहरणीय भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । विद्यार्थीले स्वागत गानदेखि नै फरक रुपमा कार्यक्रम गरे । स्काउट, साँस्कृतिक प्रहसन निक्कै राम्रा देखिएका थिए ।

तपाईको प्रतिक्रिया