डा.अम्बुभवानी कार्की बोर्ड सदस्यमा नियुक्त

पनौती÷काभ्रेके गौरव महिलाको नेतृत्वको अब्बल संस्था उत्कृष्ट शैक्षिक व्यवस्थापनमा निपुण तेजगंगा बहुमुखी क्याम्पसको संस्थापक क्याम्पस प्रमुख डा.अम्बुभवानी कार्की राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) सदस्यमा नियुक्त हुनुभएसँगै काभ्रेबासीले खुसी साटासाट गरेका छन् ।
राष्ट्रिय परीक्षा बोर्डको पौष १४ को निर्णय अनुसार ४ वर्षका लागि डा.कार्की सदस्यमा नियुक्त गरेको हो । बोर्डका सदस्य सचिव जङ्गबहादुर अर्यालले डा.कार्कीलाई नियुक्ति पत्र प्रदान गर्नुभयो ।
डा.कार्की पब्लिक क्याम्पस संघको सल्लाहकार शिक्षा क्षेत्रको लामो अनुभव छ । उहाँको प्रवेशसँगै बोर्डका समस्याहरु समाधान हुने र जिल्लाका विषय केन्द्रसम्म पुग्ने भन्दै जिल्लावासीले खुसी छाएको छ ।

तपाईको प्रतिक्रिया