धुलिखेल÷जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोकको आयोजना र कोअपरेटिभ मेनेजर्स क्लव काभ्रेपलाञ्चोकको ब्यवस्थापनमा “संकट न्यूनीकरणका लागि सहकारी मान्यता र मापदण्डाको पूनरावृत्ति’’ विषयक एक दिने गोष्ठी सम्पन्न भएको छ ।
सहकारी संस्थाहरुको खस्कदो छवीलाई सुधार गर्न वर्तमान अवस्थामा नेतृत्व र ब्यवस्थापनको भूमिकाहरुको बारेमा स्पष्ट पार्ने र समग्र काभ्रेको सहकारी अभियानलाई सुदृढ बनाउने उद्देश्यले आयोजित गोष्ठीको सभापतित्व संघका अध्यक्ष दिलिप शर्माले गर्नुभएको थियो भने भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका माननीय मन्त्री राजेन्द्र कुमार राईज्यूको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राईले सहकारीले गाउँगाउँको वित्तीय समस्या टारेको बताउनुभयो ।
उहाँले सहकारी राज्यको आर्थिक संरचनाको एक अभिन्न अंग हो जसले प्रत्येक सदस्यलाई अभिन्न अंग मानेर एकले अर्काको लागि सहयोग र सद्भाव राखिरहेको बताउँदै देशको अर्थतन्त्रमा सहकारीको अहमं महत्व र भूमिका रहेको कुरालाई नकार्न नसकिने दाबी गर्नुभयो ।
राज्य र मन्त्रालयको तर्फबाट पूर्ण सहयोग हुने उहाँले बताउनुभयो ।सहकारीकर्मीहरुलाई म नेपाल सरकारको तर्फबाट सेलुट गर्ने भन्दै हाम्रो बानी भाषण धेरै गर्ने र काम कम गर्ने भएकाले त्यसलाई सुधार गर्न आवश्यक रहेको सुझाव दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक डि.बी. बस्नेतको विशिष्ट आतिथ्यता रहेको थियो भने प्रदेश सहकारी मन्त्रालयका सचिव बलराम निरौला, प्रदेश सहकारी रजिष्ट्रार नारायण प्रसाद ज्ञवाली, स्थिरिकरण कोषका सञ्चालक प्रकाश बन्जारा, बागमति प्रोस्कुनका अध्यक्ष उद्दव सापकोटा, म्यानेजर्स क्लवका अध्यक्ष मदन बस्नेत लगायत विषयगत जिल्ला संघका प्रतिनिधिहरु, संघका सल्लाहकारहरुको आतिथ्यतामा उद्घाटन शत्र सम्पन्न भएको थियो । कार्यक्रममा ७२ वटा सहकारी संस्थाका १०० जना सहभागीहरुको सक्रिय तथा उल्लेख्य सहभागीता रहेको थियो ।
जिल्लाको सहकारी अभियानको शुरुवात देखि हालसम्मको अवस्था, संघले सञ्चालन गरिरहेका गतिविधिहरु, संघको वर्तमान अवस्था, यस गोष्ठी कार्यक्रम गर्नुको उद्देश्य र कार्यक्रमको आवश्यकताको बारेमा प्रष्ट्याउदै संघका अध्यक्ष दिलिप शर्माले कार्यक्रमको थिम प्रस्तुती गर्नुभएको थियो ।
गोष्ठीमा साविक बागमति प्रदेश भूमि ब्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्रालयका सचिव बलराम निरौलाले सहकारी अनुगमन र नियमनमा साझा भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । त्यसैगरी सहकारी विज्ञ डा. शिवजी सापकोटाले सहकारीको विद्यमान अवस्था र आगामी कार्यदिशाको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो र राष्ट्रिय सहकारी बैंकका कार्यक्रम अधिकृत बल्लभ तिमल्सिनाले सहकारीमा संकट ब्यवस्थापन विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । छुट्टा छुट्टै कार्यपत्रहरुमा सहभागीहरुले अन्र्तक्रिया गर्दै सहकारी संघ संस्था र अभियान सुदृढिकरण गर्ने प्रतिबद्धता गर्दै गोष्ठीको समापन संघका अध्यक्ष दिलिप शर्माले गर्नुभयो ।
गोष्ठी कार्यक्रमको उद्घाटन सत्रको सभापतित्व संघका अध्यक्ष दिलिप शर्माले गर्नुभएको थियो भने स्वागत मन्तब्य संघका उपाध्यक्ष अमन पोटेले राख्नुभएको थियो । उद्घाटन सत्रको कार्यक्रम सञ्चालन संघका सञ्चालक ठाकुरनाथ अधिकारीले गर्नुभएको थियो भने दोस्रो सत्रको कार्यक्रम सञ्चालन म्यानेजर्स क्लवका उपाध्यक्ष श्री गोपाल दाहालले गर्नु भएको थियो । जिल्ला सहकारी संघको आयोजना र म्यानेजर्स क्लवको ब्यवस्थापनमा गत असार ५ र ६ गते जिल्लामा सञ्चालित सहकारी संस्थाहरुको ब्यवस्थापन प्रमुखहरुको गोष्ठी कार्यक्रम आयोजना गरेको थियो ।
सहकारीको खस्कदो छवीलाई सुधार्न धुलिखेलमा भेला
2023-02-11T20:35:16+05:45

तपाईको प्रतिक्रिया