धुलिखेलमा साहसिक क्रसमाण्डु बाईक रेसिङ खेल सम्पन्न
प्रथम हुनेले जिते १ लाख ५० हजार नगद

जिल्लाको धुलिखेलमा अन्र्तराष्ट्रिय स्तरको साहसिक तथा पर्यटकिय खेल डट बाईक रेसिङ क्रसमाण्डु च्याम्पियनसिप खेल सम्पन्न भएको छ । चैत्र २ र ३ गते छनौट भएका खेलाडीहरुको अन्तिम प्रतिस्पर्धा चैत्र ४ गते शनिबार धुलिखेलमा फाइनल खेल सम्पन्न भएको हो ।
नेपालकै हालसम्मको सबैभन्दा ठुलो बाईक रेसिङ प्रतियोगिता धुलिखेलमा आयोजना गरिएको डट टेम्पल प्रालीका अध्यक्ष इजव बरुणले जानकारी दिए । अन्र्तराष्ट्रिय मापदण्डको ट्रयाक मोटो क्रस तयार गरी यो प्रतियोगिता आयोजना गरिएको खेल नासाको समन्वयमा देशका विभिन्न स्थानबाट १७ जना प्रतिस्पर्धीहरु सहभागि भएको बरुणले बताए । १७ जना मध्ये १२ प्रतिस्पर्धी अन्तिम प्रतिस्पर्धामा खेलमा सहभागि भएका थिए । सहभागि भएका मध्ये तीन समुहमा विभाजन गरिएका मध्ये भिम होना, राजकुमार कार्की, रिजोन खड्गी, रोनिश कार्की पहिलो समुहका हुन् । दोश्रो समुहमा आशुतोष धुँजु, दिपेश क्षेत्री, रामविक्रम थापा र मनिष गुरुङ दोश्रो समुहमा थिए । एलिस बस्नेत, श्रेयस पौड्याल, संगम श्रेष्ठ र प्रशान्त जंग कार्की तेश्रो समुहमा थिए । प्रतिस्पर्धामा सहभागि भएका मध्ये पहिलो समुहका भिम होना र राजकुमार कार्की क्रमशः दोश्रो र तेश्रो भए । दोश्रो समुहका दिपेश क्षेत्री प्रथम भए । आयोजक डट डेम्पल प्रालीका तर्फबाट प्रथम हुने क्षेत्रीलाई नगद १ लाख १० हजार, दोश्रो हुने भिम होनालाई ७५ हजार र तेश्रो हुने राजकुमार कार्कीलाई नगद ५० हजार पुरस्कार प्रदान गरिएको छ । धुलिखेल नगरपालिका प्रमुख मेयर अशोक ब्याञ्जुले नेपाली युवाहरु अन्र्तराष्ट्रिय स्तरमा चिनाउन धुलिखेलमा आयोजना गरिएको साहसिक खेलको प्रर्वद्धन तथा विकासका लागि नगरपालिकाको तर्फबाट सहयोग गर्ने बताए । यो खेल मार्फत युवाहरुले अन्तराष्ट्रिय रुपमा नेपालको पहिचान बनाउने सक्ने मेयर ब्याञ्जुले बताए ।


नासाका अध्यक्ष दशरथ रिसालले नासाको बार्षिक क्यालेण्डर भित्र रहेको डट बाईक रेसिङ प्रतियोगिताले नेपाली युवाहरु साहसिक खेलमा अन्र्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्छन भन्ने पुष्टी धुलिखेलमा भएको खेल मार्फत भएको बताए । यो खेल डट बाईक रेसिङ महङ्गो र जोखिम भएको बताए ।
८३० मिटरको लम्बाई रहेको मोटो क्रस खुल्ला माटोमा २० ल्याब्स घुमाएर युवाहरुले साहसिक प्रतियोगितामा सहभागि जनाउँदा सर्वसाधारणले हुटिङ गरेका थिए ।

नासाको रेसिङ लाईसेन्स प्राप्त ब्यक्तिहरु मात्रै उक्त प्रतिस्पर्धामा सहभागि हुन पाउनेछन् । दुई पाग्रें बाईक सँगको खेललाई मनोरञ्जनका रुपमा लिदै अन्तराष्ट्रिय स्तरमा पु¥याउन साहसिक खेलमा सहभागि युवाहरुलाई अवसर र ब्यवसायीकताका लागि सरकारले सहयोग गर्नु पर्ने नासाका सचिव निरोज खड्काले बताए । धुलिखेलमा रहेको नीजि क्षेत्रका ब्यक्तिहरुको ३८ रोपनी जमिन १० वर्षका लागि भाडामा लिदै विभिन्न प्रतियोगिता आयोजना गरिदै आएको खड्काले जानकारी दिए । क्रसमाण्डु अफरोडमा आयोजना गरिन्छ भने रेसमाण्डु पिच भएको स्थानमा हुनेछ । विदेशमा सिकेको सिप र अध्ययनलाई नेपाल तथा आफ्नै जन्मस्थानमा केहि गर्ने उदेश्यले आयोजक डट टेम्पल प्रालीका अध्यक्ष इजव बरुणले आगामी दिनमा फरक फरक खालका प्रतियोगिता आयोजना गरिने जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया