महादेवस्थान÷ मण्डनदेउपुरमा नेकपा एमालेले संञ्चालन गरेको मिसन ग्रासरुट कार्यक्रमको तयारी बैठक र भेला गर्ने पहिलो वडा बनेर वडा नं ८ ले नेता कार्यकर्ताको प्रशसा पाएको छ ।
युवा नेतृत्वको कारणले सो वडामा तयारी बैठक र बिहीबार भेला ऐतिहासिक रुपमा सम्पन्न भएको छ । भेलामा केन्द्रीय सदस्य उषाकिरण तिमल्सिेनासँग कार्यकर्ताले प्रश्न राख्नुभएको थियो ।
उहाँले वर्तमान राजनीतिसँगै एमालेले खेलेको राष्ट्रियताको सवालका अडानको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले पार्टीले सही रुपमा लिन नसकेका निर्णय तथा आगामी दिनमा सुधार गर्न आवश्यक बिषयको बारेमा प्रष्ट्र पार्नुभएको थियो । उहाँले एमालेको नीति र नेतृत्व कसरी सही छ भनेर जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा एमाले बागमती प्रदेश कमिटीको सदस्य निर्मला शाही, जिल्ला कमिटीका उपसचिव रिता ढकाल, सचिवालय सदस्य विदुर सापकोटा, एमालेका लोकप्रिय नेता झलकप्रसाद पौडेल, जिल्ला कमिटीका सदस्य शम्भु पराजुली, नगर कमिटीका अध्यक्ष शेरबहादुर डोटेल, वडा कमिटीका अध्यक्ष सरोज पौडेलले ग्रासरुट अभियानको बारेमा प्रकाश पार्नुभएको थियो ।
तपाईको प्रतिक्रिया