भ्रामक,कपोकल्पीत र इमोस्नल प्रेस नोटको पछि नलाग्नः प्रेस सेन्टर सर्लाहीका अध्यक्ष एस.पी.गौरबको आग्रह


दुर्गा कुमारी अधिकारी, सर्लाही
प्रेस सेन्टर नेपाल मधेश प्रदेश कमिटिले जारी गरेको विज्ञाप्तीको विषयमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीले गंभिर ध्यानाकर्षण भएको जनाएको छ । प्रेस सेन्टर नेपाल मधेश प्रदेश कमिटिले २०७९ चैत्र १ गते जारी गरेको प्रेस नोटको सम्बन्धमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीको गंभिर ध्यानाकर्षण भएको जिल्ला अध्यक्ष शंखर पहाडी(एस.पी.गौरब)ले बताए ।
प्रेस सेन्टर नेपाल मधेश प्रदेश कमिटिले जारी गरेको प्रेस नोटमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीले संगठनात्मक प्रक्रिया,विधान र अनुशासन विपरितका काम कार्बाही गर्दै आएको हुनाले विघटन गरिएको भनिएको छ,जो कुरामा कुनै सत्यता र तुक छैन,प्रेस सेन्टर नेपाल मधेश प्रदेश कमिटिका अध्यक्ष किरण कर्ण र महा सचिव गोपाल प्रसाद गुप्ताले जारी गरेको प्रेस नोटका आधारमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीले संगठनात्मक प्रक्रिया,विधान र अनुशासन विपरितका के के काम कार्बाही गर्यो भन्ने प्रमाण छ भने आवश्यक कार्बाहीको भागेदार बन्न जिल्लाको अध्यक्षको हैसियतले म तयार छु । अनाथा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीका पदाधिकारीहरुका साथै सदस्य ज्युहरुलाई यस प्रकारका भ्रामक,कपोकल्पीत र इमोस्नल प्रेस नोटको पछि नलाग्न अनुरोध गर्दछु । जिल्ला अध्यक्ष शंखर पहाडी(एस.पी.गौरब)ले बताए ।
उनले थपे प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीले संगठनात्मक प्रक्रिया,विधान र अनुशासन विपरितका केके काम कार्बाही गर्दै आएकोे छ भन्ने पुष्टि गर्न प्रेस सेन्टर नेपाल मधेश प्रदेश कमिटिका अध्यक्ष किरण कर्ण र महासचिव गोपाल प्रसाद गुप्तालाई चुनौती दिँदै प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीका पदाधिकारीहरुका साथै सदस्य ज्युहरुलाई यस प्रकारका भ्रामक,कपोकल्पीत र इमोस्नल प्रेस नोटको पछि नलागी निर्धारीत समयमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीको बैठक बस्ने र सोही बैठकले प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीको वार्षिक साधारण सभाको मितितय गर्नेमा ढुक्क हुन पनि अनुरोध छ । साथै प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीले संगठनात्मक प्रक्रिया,विधान र अनुशासन विपरितका काम कार्बाही गरे नगरेको निश्पक्ष छानविन गरी आवश्यक कार्बाही गर्नुपर्ने भएमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीलाई आवश्यक कार्बाही गर्न पनि प्रेस सेन्टर नेपाल केन्द्रिय अनुशासन कमिटि समक्ष माग समेत गर्दछु । जिल्ला अध्यक्ष शंखर पहाडी(एस.पी.गौरब)ले भने,
प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीले प्रेस सेन्टर नेपाल मधेश प्रदेश कमिटिले जारी गरेको विज्ञाप्तीको विषयमा ध्यानाकर्षण भएको भन्दै प्रेस नोट जारी गरी सोकुरा बताएको छ । साथै वार्षिक साधारण सभा कहिले गर्ने सम्बन्धमा प्रेस सेन्टर नेपाल केन्द्रिय कमिटिका बरिष्ठ उपा अध्यक्ष,महासचिव,उपाअध्यक्षका साथै मधेश प्रदेशका इन्चार्ज र महा सचिव गोपाल प्रसा गुप्तासंग समेत पनि मौखिक रुपमा छलफल समेत भएको अवस्थामा व्यक्तिगत रिसिवी राखी संगठनको मर्म,भावना विपरित जारी गरीएको प्रेस नोट प्रति प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीले कडा आपती जनाएको छ ।
प्रेस सेन्टर नेपाल मधेश प्रदेश कमिटि, प्रेस सेन्टर नेपाल केन्द्रिय कमिटि र प्रेस सेन्टर नेपाल केन्द्रिय अनुशासन कमिटिलाई बोधार्थ राखी प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीका सचिव रमेश अधिकारी(रितिक)द्धारा जारी गरिएको प्रेस नोटमा तथ्य प्रमाणीत गर्न पनि चुनौती दिइएको छ ।
प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीले जिल्लाका २० मध्य करिब १० वटा स्थानीय तहमा स्थानीय तहगत समिति बनाएर साधारण सभा गर्ने तयारी गर्नु,जिल्ला कमिटिको नियमित बैठकमा अनुपस्थित हुने साथीहरुसंग जवाफ माग गर्नु,संगठनको स्थापना दिवशको अवसरमा सार्वजनिक कार्यक्रमहरु गर्नु र जिल्लामा रहेका अन्य पत्रकार संघ÷संगठन सरह आफुहरुको सहभागीता गराउन दवाव दिनु संगठनात्मक प्रक्रिया,विधान र अनुशासन विपरितका काम कार्बाही भए सजाएको भागेदार बन्न प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीका अध्यक्ष शंखर पहाडी(एस.पी.गौरब) सहित सिङ्गो जिल्ला कमिटि तयार रहेका उपा अध्यक्ष राजेश थापा मगरले बताए ।

तपाईको प्रतिक्रिया