प्रेम दिवशमा प्राप्ती तामाङ र सिन्धुलियन गुराँसको `मलाई एक्लैएक्लै´  सार्वजनिक

काठमाडौं – द भ्वाई अफ किड्स नेपाल पहिलो सिजनकि सेमि फाईनल सम्म पुगि चर्चा बटुल्न सफल बाल गायिका प्राप्ती तामाङ र सिन्धुलीयन गुराँसको स्वरमा रहेको मलाई एक्लै एक्लै बोलको गित सार्वजनिक भएको छ।

सिन्धुलीयन गुराँसको शब्द,संगितमा तयार भएको गितमा बुद्द सायमिको संगित संयोजन रहेको छ । अडियो नेपाल स्टुडियोमा रेकर्ड गरिएको गितमा कसैको अनुपस्थितीले जीवनमा परेको प्रभावलाई समेटिएको छ। गितको भिडियो काभ्रे जिल्लाको भकुण्डेबेसी , रोशी र भुमेचुली आसपासमा छायाकंण भएको छ। नरेन भट्टराईको निर्देशन र डेबिड पाख्रीनको छायांकण र सम्पादनमा तैयार भएको भिडियोमा बाल गायिका प्राप्ती तामाङ् , सिन्धुलीयन गुराँस र अश्मी श्रेष्ठको अभिनय रहेको छ।
भिडियो पारिवारिक प्रेम कथालाई केन्द्रमा राखेर निर्माण गरिएको छ। आफ्नो सानै उमेरको सन्तान छोडेर बैदेशीक रोजगारको शीलाशीलामा आफू भन्दा टाढा रहेकी आमाको अभाव र आमाको भैतिक उपस्थिती बिना सन्तान हुर्काउन लागिपरेको श्रीमानले आफ्नो श्रीमतिको अभाव के कसरी महसुष गर्छ्न् भिडियोमा देखाईएको छ।
भिडियो प्रेम दिवसको अवसर पारेर सिन्धुलीयन गुराँसको अफिसियल युटुब च्यानल सिन्धुलीयन गुराँस मार्फत सार्वजनिक गरिएको छ ।

https://youtu.be/2sv_vNNI5jI

तपाईको प्रतिक्रिया