
बनेपा÷ काभ्रेका युवा नेता भेषराज शाहले गाडी खरिद गरेपछि भएको लक्की ड्रमा पुरस्कार पाएका छन् ।
सुजुकी कम्पनीको नेपाल स्थित केन्द्रीय कार्यालयले लक्की ड्र मार्फत काभ्रेपलाञ्चोक जिल्लाकै एक मात्र ग्राहकको रुपमा नगद सहित पुरस्कृत तथा सम्मान पाएका शाहले सो रकम बनेपा नगरपालिका वडा नम्बर ३ मा रहेको देवीटार आधारभूत विद्यालयमा पढ्ने विद्यार्थीका लागि शैक्षिक सामग्री प्रदान गर्ने निर्णय गरेका छन् ।
सो विद्यालयमा अध्ययरत विद्यार्थीका लागि स्टेशनरी सामाग्री हस्तान्तरण गर्ने बताए शाहले काभ्रे हेडलाईन लाई जानकारी दिए । उनले पुरस्कार बापत पाएको रकम सामाजिक उत्तरदायित्वमा सामुदायिक बिद्यालयमा बिरतरण गरिने बताए । सामाजिक कार्यहरुमा निरन्तर लागि रहेका शाहले विभिन्न क्षेत्रहरुमा काम गरिदै आएकाछन ।
तपाईको प्रतिक्रिया