धुलिखेल÷नेपाल लेखापढी कानून व्यवसायी एसोसिएन काभ्रेपलाञ्चोकले आफ्नो १६ औं बार्षिक साधारण सभामा लेखापढी व्यवसायीका चुनौती र संभावनाको बारेमा छलफल गरेको छ ।
२०५२ सालदेखि जग्गा व्यवस्थापनको भिडियो एक्सरे गर्ने डाक्टरको रुपमा आफूलाई उम्भाएपनि अघिल्लो सरकारले बिचौलियाको रुपमा अघि सारेर अन्याय गरेको लेखापढी व्यवसायीले आरोप लगाएका छन् ।
कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिती काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतमले सम्मानित रुपमा काम गर्न लेखापढीलाई अनुरोध गर्नुभएको छ । उहाँले मालपोत कार्यालय लेखापढी व्यवसायीमैत्री बनाउन आवश्यक रहेको बताउँदै जनताको काम सुलभ र सरल रुपमा सम्पन्न गराउन आफूले नियमित अनुगमन गरिरहेको बताउनुभएको छ ।
काभ्रेली जनताले बिचौलियाको हात नपरी सरल र सहज रुपमा काम सम्पन्न गराउने वातावरण सृजना गराउन अनुगमन गरिरहेको बताउँदै बिचौलियाको भुमिका कुनै पनि लेखापढी व्यवसायीले निभाउन नहुने सुनाउनुभयो । उहाँले एकाध लोभी लेखापढीको कारण समग्र व्यवसायप्रती औलो उठाउने कार्य गर्न नहुने बताउँदै आफ्नो तर्फबाट सकेको सहयोग गर्न तयार रहेको बताउनुभयो ।
जिल्ला अध्यक्ष रोशन श्रेष्ठले कित्ताकाट नखुलेर जनता हैरानीमा परेको बताउनुभयो । उहाँले आफूहरुले मर्यादित रुपमा काम गरिरहेको बताउँदै जनताका सुखदुखमा सहयोग गरेको र आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सचिव कुमार मैनालीले सहजीकरण एंव सचालन गर्नुभएको साधारण सभामा लेखापढी एसोसिएसनका केन्द्रीय समितीका पदाधिकारी, जिल्लाका कृयाशिल पत्रकार, जनप्रतिनिधी, उद्योग वाणिज्य संघ, नापी कार्यालयका प्रतिनिभिको सहभागिता रहेको थियो । उपाध्यक्ष धुर्व दाहालले स्वागत गरेको कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले लेखापढीले जनताको काममा सहजीकरण गरिरहेको बताउनुभयो । कार्यक्रममा बोल्ने वक्ताले लेखापढीले काममा गरेको सहजीकरणसँगै आगामी दिनमा गर्नुपर्ने कतव्र्यको बारेमा चर्चा गरेका थिए ।
लेखापढी व्यवसायीका चुनौती र अवसरबारे छलफल
2023-02-04T20:41:40+05:45
तपाईको प्रतिक्रिया