काभ्रे खेलकुदको कुम्भ मेला सुरु 

काभ्रे जिल्लामा पहिलो पटक खेलकुद कुम्भ मेला (महोत्सव) आज बाट सुरु भएको छ । जिल्ला समन्वय समिती काभ्रेको आयोजनामा शुक्रबार देखि ४ दिन सम्म खेल महोत्सव हुने भएको छ । आज बाट सुरु भएको खेलकुद महोत्सवको उपराष्ट्रपति नन्दकिशोर पुनले उद्धघाटन गरिएको छ । 

जिल्ल स्तरिय खेल महोत्सवमा १२ बिभिन्न खेलहरुमा जिल्लाका २ हजार खेलाडीले प्रतियोगितामा सहभागिता जनाएको छ । जिल्लाको १३ पालिका बिच खेलहरुमा प्रतिस्पर्ध हुने आयोजकले जनाएको छ । 

कार्यक्रम उद्धघाटन गर्दै उपराष्ट्रपति पुनले १३ स्थानिय पालिका बिच हुने यो महोत्सव बाट खेल क्षेत्रको बिकासमा सहयोग पुग्ने बताए । हाम्रो समाज राष्ट्रको लागि खेलकुद क्षेत्र बाट पहिचान दिएको छ । खेलकुद बाट राष्ट्रको लागि योगदान दिदै खेल क्षेत्रको बिकासको लागि यस्तो महोत्वसहरु महत्वपुर्ण रहेको पुनले बताए ।  खेलकुद क्षेत्रको बिकासको लागि मुख्यरुपमा पुर्वधारहरु निर्माणमा सरकारले जोड् गरिरहेको बताउदै सबै तहका सरकारहरुले खेलकुद भित्रका पुर्वधारहरु निर्माण गर्नको लागि अनुरोध गर्दछु, पुनले भने । 

कार्यक्रममा पुर्व मन्त्री गोकुल बाँस्कोटा, सुर्यमान दोङ सांसदद्धायले जिल्लामा खेल महोत्सव बाट हरेक बिषयहरुमा बिकास हुने बताए । 

खेलकुद महोत्सव प्रतियोगिताले काभ्रेका खेलाडीको राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउनको लागि आयोजना गरिएको जिल्ल समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमले बताए । पनौती नगरपालिकामा रहेको क्षेत्रिय रगंशालामा र बनेपामा रहेको लयाकुमा खेल खेलाईने छ ।  जिल्लाका अरु स्थानमा समेत संचालन हुने प्रतियोगितामा सहभागिता जनाउने खेलाडी तथा अफिशियललाई पनौतीमै बासको व्यवस्थापन गरिएको मुख्य आयोजकले जनाएको छ । 

तपाईको प्रतिक्रिया