भलिवल खेल्न जाने काभ्रेली खेलाडीको बिदाई - Kavre Headline : No.1 News Portal from Kavre

भलिवल खेल्न जाने काभ्रेली खेलाडीको बिदाई

बनेपा÷प्रदेश स्तरीय भलिवल प्रतियोगितामा काभ्रेपलाञ्चोक जिल्लाबाट सहभागी हुने खेलाडीको बिदाई गरिएको छ ।
नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटी हेटौंडाको आयोजनामा रामेछापको मन्थली नगरपालिका वडा नं. १ मा हुने प्रतियोगितामा काभ्रेबाट सहभागी हुने खेलाडीलाई सोमबार विशेष कार्यक्रम गरेर बिदाई गरिएको हो ।
जिल्ला अध्यक्ष नवराज मानन्धरको नेतृत्वमा काभ्रेका खेलाडी तथा अफिसियलको बिदाई गरिएको हो । नेकपा एमालेका नेता कुमार थापाले खेलाडी तथा प्रशिक्षक र कोचको बिदाई गरे ।
यहीँ माघ ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने नेकसो बागमती प्रदेश पुरुष भलिबल प्रतियोगिताका लागि काभ्रे बाट खेलाडीहरु लाई बिदाइ तथा शुभकामना कार्यक्रममा युवा व्यवसायी रविन्द्र बैदारले ट्राक सुट र बनेपाकै नाइटिङेल एकेडेमीले जर्सी सौजन्य गरेको थियो ।
काभ्रेका खेलाडीको उच्च मनोवल पु¥याउने हिसाबले सो सामाग्री हस्तान्तरण गरेको मानन्धरले बताए ।

तपाईको प्रतिक्रिया