छोटो समयममा लोकप्रि बन्दै एसवाई बजार, १५ जना टिकटकरले जिते नौ लाख - Kavre Headline : No.1 News Portal from Kavre

छोटो समयममा लोकप्रि बन्दै एसवाई बजार, १५ जना टिकटकरले जिते नौ लाख


बनेपा÷स्थापनाको छोटो समयमै आफूलाई सफल बनाउन सफल भएको एसवाई बजारको एप चार लाख जनाले डाउनलोड गरिसकेका छन् । हरेक सामान एक क्लिकमा पाउने भएकाले पछिल्लो समय सबैको रोजाई अनलाइन सपिङ पर्ने गरेको छ ।
एसवाई बजारले नेपालमा पछिल्लो समय धुप पिटिरहेको छ । गुणस्तरीय सामान पाउने भएकाले यसमा आम उपभोक्ताको आकर्षण बढिरहेको छ ।
सो बजारले आफ्नो प्रमोसनसँगै कलाकारिता क्षेत्रलाई प्रोत्साहन दिने उदेश्यले टिकटक प्रतियोगिता आयोजना गरेको थियो । सो प्रतियोगितामा सफल हुने १६ जना उत्कृष्ट पाँचलाई विशेष कार्यक्रमका बीच नगद सहित सम्मान गरेको छ ।
४४ सेकेन्डको टिकटकमा आफ्नो कृयशन देखाउने १५ जनाले नौ लाख रुपियाँको पुरस्कार पाएका छन् । नेपालमा केही बर्षयता निर्माण तथा अनलाईन सपिङ गरिरहेको एसवाई बजारले आयोजना गरेको एसवाई बजार जिंगल टिकटक प्रतियोगितामा नेपालका १५ जना टिकटकरले नौ लाख रुपियाँको पुरस्कार पाएका हुन् ।
एसवाई बजारको जिङ्गलमा उत्कृष्ट टिकटक बनाउनेलाई एसवाई बजारले एभरेष्ट होटलमा विशेष समारोहकाबीचमा पुरस्कृत गरेको छ । प्रतियोगितामा प्रथम हुनजे एक लाख ५० हजार, दोस्रो भएका हेमन्त पाण्डे र अजय श्रीस मगरले जनही १ लाख पुरस्कार पाउन सफल हुनुभएको छ ।
तेस्रो हुने विशेष सिग्देल, रेस्मा राई र गोकुल नकर्मीले जनही ७५ हजार तथाौथो हुने नमु न्यौपाने र गोपाल कृतिले संयुक्त जोडी,अस्मिता भुजेल, जीके डान्स एकेडेमी र प्रिन्सिका श्रेष्ठले जनही ४० हजार जितेका छन् ।
पाँचौँ भएका अन्जन न्यौपाने, रमेश बुढाथोकी, अशोक क्षेत्री र रविन अधिकारीले संयुक्त, मयुर बस्नेत र सुरोज तामाङले जनही ३० हजार पुरस्कार पाएको एसवाई बजारले जानकारी दिएको छ । डिसेम्बर १ देखि डिसेम्बर ३० सम्ममा आएका १ हजार बढी भिडियोबाट एसवाई बजारले उत्कृष्ट छनौट गरेको थियो । एसवाई बजारले २० प्रतिशत लाइक, १० प्रतिशत भ्यूज, क्रियटिभिटी ५० प्रतिशतको मापदण्ड बनाएर पुरस्कार वितरण गरेको थियो ।
पुरस्कार वितरणमा कोरियाबाट एसवाई बजार ग्रुपका अध्यक्ष होङ याङ दोङले नेपालमा धेरै क्षेत्रमा लगानी गर्ने बताउनुभयो । उहाँले एसवाई बजार एक ई–कर्मश व्यवसाय हो । अनलाइनको माध्यमबाट सबै प्रकारका सामग्री अर्डर गरेर किन्न सकिन्छ । एक बर्षमा एसवाई बजारको एपलाई चारलाखले डाउनलोड गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया