मण्डनदेउपुर काठमाडौं नगरसम्पर्क मञ्चको लोभलाग्दो कृयाशिलता - Kavre Headline : No.1 News Portal from Kavre

मण्डनदेउपुर काठमाडौं नगरसम्पर्क मञ्चको लोभलाग्दो कृयाशिलता

बनेपा÷नेकपा एमाले मण्डनदेउपुर काठमाडौं नगरसम्पर्क मञ्चको लोभलाग्दो कृयाशिलताले सबैलाई आकर्षित पारेको छ । अघिल्ला कार्यकाल देखिनै कृयाशिल रहेको सो मञ्चले आफ्नो दोश्रो अधिवेशन भव्य रुपमा सम्पन्न गरेसँगै यसको चर्चा परिचर्चा भएको हो ।
नेकपा एमालेका पोलिट्व्युरो सदस्य पुर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाको प्रमुख आतिथ्यतामा सो अधिवेशन भएको हो । उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड नेतृत्वको सरकारले झ्यालै पिच्छे मन्त्रालय राख्नेगरी मन्त्री मण्डल बनाए आफु त्यसको बिरुद्धमा खरो उत्रिने बताउनुभयो ।
गठबन्धनले बागमती प्रदेशमा मन्त्रालय फुटाएर झ्यालै पिच्छे मन्त्रालय राखेको प्रति लक्षित गर्दै हल्ला चले जस्तो बार्दली मन्त्रालय थपेर हिडेमा बिरुद्धमा बोल्ने बताउँदै कसैलाई पद चाहिदैमा मन्त्रालय फुटाएमा स्विकार्न नसकिने दाबी गर्नुभयो ।
सम्पर्क मन्चका अध्यक्ष प्रभुराम श्रेष्ठको अध्यक्षता र सचिव गणेश भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी सदस्यहरु कुमार खकुरेल, कुमार थापा, जिल्ला उपसचिव रिता ढकाल, मण्डनदेउपुर नगरकमिटी अध्यक्ष शेरबहादुर डोटेल, बागमती प्रदेश सम्पर्क समन्वय कमिटीका उपसचिव बिष्णु खनाल, काभ्रे काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष राजकुमार लामालगायतले शुभकामना दिनुभएको थियो ।
पुनः प्रभुरामको नेतृत्वमा समिती
अधिवेशनको बन्दसत्रले सर्बसम्मत नेतृत्व निर्वाचित गरेको छ । जसबाट अध्यक्षमा पुनः प्रभुराम श्रेष्ठ, उपाध्यक्षमा रमेश न्यौपाने, महिला उपाध्यक्षमा सरिता बस्ताकोटी, सचीवमा गणेश भण्डारी, कोषाध्यक्षमा बल बहादुर तामाङ, उप सचीवमा दिपक पराजुली र सदस्यहरुमा बालकृष्ण ढकाल, पुरुषोतम नेपाल, अनिल चौलागाईं, राजेन्द्र ढकाल, युवराज बजगाई, सानुराजा गुरुङ, सुवास सापकोटा, हरिशरण गौतम, श्रीकृष्ण डोटेल, केदार दुलाल, राजेन्द्र न्यौपाने, केदार दुलाल, तिर्थ श्रेष्ठ, उमेश प्रसाद सापकोटा, सजिन नेपाल, रामगोपाल तिमल्सिना, सरोज पराजुली, वसन्त पराजुली र प्रकाश बराइलीलगायत रहेका छन ।
त्यसैगरी टंकप्रसाद दुलाल संयोजक रहेको सल्लाहकार समितिमा विनोद श्रेष्ठ, केशव ढकाल, नवराज ढकाल, कृष्णप्रसाद बजगाई, लक्ष्मण सापकोटा, टंक नेपाल, गुणराज सापकोटा, अच्युत अर्याल, भरत बस्ताकोेटी र अर्जुन बजगाई सदस्य रहेका छन ।

तपाईको प्रतिक्रिया