बालविवाह रोक्न बिद्यालयहरुमा जनचेतनामुलक नाटक ‘जुनकिरी’ देखाउदै स्थानिय सरकार


जिल्लाको खानीखोला गाउँपालिका भित्र रहेका समुदायिक विद्यालयहरुमा जनचेतनामूलक सडक नाटक ‘जुनकिरी’ देखाइएको छ ।
जिल्लाको बिकट डाडापारी क्षेत्रमा रहेका बिद्यालयहरुमा चेतनामूलक सन्देश दिने नाटक देखाएको पहिलोपटक हो । मकवानपुर जिल्ला संग जोडिएको काभ्रेको खानिखोला गाउँ पालिकाले बिद्यालयहरु बाट नै बालविवाह लगायत बिभिन्न खाले सामाजिक चुनौतीहरु रोक्न सकिन्छ भन्ने उद्धेश्यले नाटक देखाएको जनाएको छ । गाउँ पालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङले) ले मुख्य गरि हामीले पहिलो पटक पालिकाको ८ माध्यमिक बिद्यालयहरुमा सन्देश मूलक नाटक जुनकिरी देखाउने प्रत्यत्न सुरु गरिएको बताए । नाटकको प्रवाभ अगामी दिनमा देख्न सकिने उनले भने । बिकट क्षेत्रमा रहेका बिद्यालयहरुमा भौगोलिक कारणले माबि तहको शिक्षा राम्रो संग आर्जन गर्न बाट रोकेर बिचमै केटा केटिहरु विवाह गर्ने बिभिन्न कुलतमा बिद्यार्थीहरु फस्ने पढ्न छाडेर बस्ने प्रचलन रहेको त्यस बारे सचेतना दिनको लागि पालिकाले बिद्यालयहरुमा नाटक देखाउनको लागि सुरु गरिएको गाउँ पालिका अध्यक्ष थिङले बताए ।


समाजिक विकासका विभिन्न बाधकहरुमध्ये बालविवाह एक भएको समाजमा हुने बालविवाह न्युनिकरण गर्न र सामाजिक विकासलाई तीव्र रुपमा अघि बढाउने उद्देश्यले विद्यार्थीमार्फत् समाजमा प्रभावकारी सन्देश जाने हुँदा नाटक विद्यालयमा देखाएको छ । बालवालिकाहरुले नाटक बाट धेरे कुराहरु सिक्न सकिने ति कुराहरु घर घर बाट सुरुवात हुने भएकाले नटकमा जोड् दिएको थिङले बताए ।
खानिखोला गाउँ पालिकाले बिभिन्न बिद्यालयहरुमा देखाएको जुनकिरी नाटकमा बालविवाहको कारण व्यक्ति र समाजमा पर्ने असरलाई देखाउँदै यसको न्यूनिकरण गर्नको लागि अपनाउनुपर्ने उपायहरू प्रस्तुत गरिएको थियो ।
बिहेबारी बीस बर्ष पारी बालविवाह दण्डनीय अपराध हो भन्ने सन्देश दिनको लागि पालिका भित्र बिद्यालयहरुमा देखाएको नाटकले धेरै जनामा एकै पटकमा सन्देश दिन सकिएको वडा अध्यक्ष निसान मोक्तानले जानकारी दिए । पालिकाले हरेक खाले समस्य चुनौतीमा रहेका र बालवालिकाहरुले चुनौतीको सामना गर्दै कसरी शिक्षा लिन सकिन्छ भन्ने मुख्य जानकारीमूलक नाटकले अगामी दिनमा प्रभाव देखिने वडा अध्यक्ष मोक्तानले बताए ।


बालविवाहलाई मुख्य केन्द्रबिन्दुमा राखेर निर्माण गरिएका करिब ४५ मिनेटको नाटक जुनकिरीमा अभिभावक कुलतमा लाग्दा, र छोराछोरीको पढाईमा ध्यान नदिँदा उनीहरुको शिक्षामा कस्तो मनावैज्ञानिक असर पर्छ भन्ने विषयवस्तुलाई मुख्य उजागर गर्न खोजिएको नाटक निर्देशक पुरु लम्सालले जानकारी दिए । काभ्रेमा यति बिटक पालिका छ भन्ने नसोचिएको खानिखोला आएपछि यहाँको परिवेश र घटनाक्रमहरु सुन्दा अचम्म लागेको नाटक देखाएपछि केहि न केहि परिवर्तन आउन सक्ने निर्देशक लम्सालले बताए । हामीले नाटक मार्फत परिवारभित्रको कलहको कारण बालबालिकाको शिक्षा र जीवनमा पर्ने असरलाई अभिभावक समेत राखेर देखाईएको त्यसको प्रवाभ सबै परिवारहरुमा देखिने लम्सालले बताए ।

गाउँ पालिका भित्र रहेका आठ माबिमा पहिलो दिन धार्ने माबि र बालविकास मावि, शारदा मावि, जनहित मावि र बुद्ध मावि धाप्लेमा नाटक देखाएको थियो । भृकुटी माबि र कुमारी मावि हुँदै अन्तिम दिन जनविकास उच्च माविमा नटक देखाउने कार्यक्रम रहेको नाटक निर्देशक लम्सालले बताए ।
खानिखोला गाउँ पालिका वडा नं ४ मा रहेको जनहितका शिक्षक कुमार बहादुर दर्लामीले विद्यालयमा अध्ययनरत एक छात्राले बालविवाह गरेसँगै उनि संग बिद्यालयमा संगै पढ्न आउने साथीले समेत बिचमै पढ्न छाडेको बताउँदै बालविवाहको प्रचलनलाई न्यूनिकरण गर्न यस्ता खाले जनचेतनामूलक नाटक प्रभावकारी बन्न सक्ने बताए । बिद्यालयमा छोरी संगै नाटक हेर्न आएका कान्छीमाया तामाङले समुदायको यथार्थ चित्रण बोकेको नाटक हेर्न पाउँदा खुसी लागेको बताइन । उनले भनिन्, ‘बालविवाहको कारण मेरै आफन्तले नाटकमा देखाएको जस्तो समस्य भोग्नु परेको नाटक त मेरै आफ्न्त संग मिल्दो जुल्दो रहेको तामाङले बताइन् । शारदा माबिमा अध्यनरत सुमन मगरले नाटक हेरे पछि धेरै कुराहरुमा रहेका चुनौतीहरु रोक्न सकिने बताए । बिद्यार्थी सुमनले भने मेरो साथीले सानै उमेरमा संगै पढ्ने साथी संग विवाह गरेर अहिले उनिहरु काठमण्डौमा रोजगारी गरिरहेकाछन् उनिहरुले पहिला नै यस्तो नाटक हेर्न पाएको भए सहेत विवाह गर्ने थिएनन् होला ।


त्यसै गरी अभिभावक संगै बिद्यालयमा नाटक हेर्न पुगेकी कुमारी माबि जगथलीकी कल्पना तामाङले बिद्यालयमा मेरो जिवनमै पहिलो पटक नाटक हेर्न पाएको बताईन् । कल्पनाले भने हाम्रो बिद्यालयमा देखाएको नाटक जुनकिरीले धेरै खाले सन्देश दिन खोजिएको पाए र नाटक हेर्ने बुझ्ने सबै बिद्यार्थी र अभिभावकहरुले नाटक मार्फत दिन खोजिएको बिषयहरुको प्रवाभ आउदो बर्षहरुमा देख्न सकिने बताईन् ।

जिल्लको खानिखोला गाउँ पालिका भित्र रहेका बिद्यालयहरुमा देखाएको नाटक जुनकिरीमा सुशीलसिंह ठकुरी, दिवाकार घिमिरे, दीपमाला परियार, अनामिका लामिछाने, शान्ती भट्टाराई, तिर्सना राई र रविन लामाको अभिनय र पुरु लम्सालले निर्देशन गरिएको थियो ।

तपाईको प्रतिक्रिया