झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु - Kavre Headline : No.1 News Portal from Kavre

झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-१ निवासी ३७ वर्षीय जगतबहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए  । बाह्रदशी- १ स्थित चारकोशे जलथल जंगलसँगै जोडिएको पश्चिम देउराली सामुदायिक वनबाट निस्किएको हात्तीले भुजेललाई मंगलबार दिउँसो ४ बजेर २० मिनेटमा आक्रमण गरेका थिए । भुजेल सोही वनभित्र घाँस दाउरा टिपेर फर्किने क्रममा वनसँगै जोडिएको यज्ञ ओलीको खेतबारीमा हात्तीसँग जम्काभेट भएको थियो । हात्तीको आक्रमणबाट मृत्यु भएको भुजेलको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर ल्याइएको छ ।

तपाईको प्रतिक्रिया