तेमालका दुई विद्यालयका ४५० विद्यार्थीलाई स्विटर

तेमाल÷उर्मती एशोसिएशन फ्रान्सको सहयोगमा ४५० विद्यार्थीलाई स्विटर वितरण गरेको छ । जिल्लास्थित तेमाल गाउँपालिका वडा नं १ मा रहेका जनचेतना उच्च मा.वि र वडा नं २ मा रहेको सर्वद्धार मा.वि का गरी ४५० विद्यार्थीलाई जाडोका स्विटर वितरण गरिएको हो ।
उर्मती एशोसियसन फ्रान्सका अध्यक्ष तथा स्थानीय व्यक्ति पासाङ डोल्मु लामाले दुई विद्यालयसँग समन्वय गरेर स्विटर वितरण गर्नुभयो । स्थानीय पत्रकार रवि धितालका अनुसार जनचेतना उच्च मा.वि का शिशु कक्षा देखी कक्षा १२ सम्मका २ सय ७४ जना र सर्वद्धार मा.वि का १ सय ७६ विद्यार्थीहरुलाई स्विटर वितरण गरिएको हो , अध्यक्ष लामाले आफूले अध्ययन गरेको विद्यालयमा पुगेर विद्यार्थीहरुलाई केही सहयोग गरेको बताउनुभयो ।
कार्यक्रम बोल्दै तेमाल गाउँपालिका उपाध्यक्ष दलमान थोकरले विद्यार्थीहरुको लागि न्यानो लिएर आएकोमा उर्मती एशोसियसन धन्यवाद दिदै तेमालको शैक्षिक क्षेत्रको प्रगतीका निम्ति कुनै कसर बाँकी नराखी सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै वडा नं १ का वडा अध्यक्ष ईन्द्र अधिकारीले शैक्षिक गुणस्तरका लागि अभिभावकको महत्वपूर्ण भूमिका रहने बताए । शिक्षक र विद्यार्थी गुण्स्तरीय शिक्षाका लागि लागिरहदा अभिभावकको सहयोग र साथ आवश्यक रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया