काभ्रेपलाञ्चोकमा फैलदो आयुर्वेदको सेवा


बनेपा÷काभ्रेपलाञ्चोक जिल्लामा आयुर्वेदको सेवा लिनेको संख्यामा बृद्धि भएको छ । कोरोनाको महामारीमा आयुर्वेदको सेवा लिनेको सख्या बढेसँगै बनेपा, रोशी र धुलिखेलमा सिमित रहेको सेवालाई पनौती, बेथानचोक, मण्डनदेउपुर र भुम्लुमा विस्तार गरेको हो । केही बर्षमै सेवा लिनेको सख्यालाई दोब्बर बनाएको जिल्ला आयुर्वेद औषधालय बनेपाले स्वास्थ्य स्वयसेविका, विद्यार्थी, जेष्ठ नागरिक तथा युवा वर्गमा विस्तार गरेको हो ।
सोमबार बनेपामा आयोजित संचारकर्मीसँगको अन्तरकृया कार्यक्रममा जिल्ला आयुर्वेद औषधालयले गर्ने र सेवा लिने सेवाग्राहीको बारेमा तंथ्याङ पेस गरिएको थियो । काभ्रेमा सबैभन्दा धेरै अम्लपित्तका बिरामीहरु रहेको सो अवसर जानकारी गराइएको थियो । बुढौली कम गराउनेमात्रै नभएर आयुर्वेदले धेरै कुरामा सहयोग गर्ने सो अवसरमा जानकारी गराइएको थियो ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले विगत केही समय यता आयुर्वेदमा आकर्षण बढेको बताउँदै यसले सबै उमेर समुहका मानिसलाई सहयोग गर्ने दाबी गर्नुभयो । नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्री तिमल्सिनाले यसको महत्व धेरै भएपनि सबै क्षेत्रमा विकास हुन नसकेको बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले आफूले यसले गरेको कामको बारेमा नजिकबाट हेरेको र यसको कार्य निक्कै राम्रो भएको बताउनुभयो ।
जिल्ला आयुर्वेद औषधालयका प्रमुख डा.वंशवदाम्बा कौण्डिन्न्यायनीले आयुर्वेदको महत्वका्े बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले अग्रेजी, नेपाली र सँस्कृत भाषाबाट नै यसको महत्वको बारेमा प्रष्ट पार्नुभएको थियो । बरिष्ठ कविराज रमेश पनेरुले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सचालन कृष्णप्रसाद पराजुली र सभापतित्व प्रकाशबहादुर कायस्थले गर्नुभएको थियो । सो कार्यक्रममा पेस गरिएको कार्यपत्र अनुसार जिल्लामा आयुर्वेदको सेवा क्रमिक रुपमा बढिरहेको पुष्टी गरेको छ । 

तपाईको प्रतिक्रिया