अवेरनेस इन्टरनेसनल एकेडेमीमा “एआईए बाल–उत्सव २०७९” मनाइयो

काठमाडौं । काठमाडौंको बानेश्वर शंखमूलस्थित अवेरनेस इन्टरनेसनल एकेडेमीमा शनिबार एआईए बाल–उत्सव २०७९ (जुनियर अभिभावक दिवस) मनाइएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक समारोहमा कक्षा नर्सरीदेखि तीन कक्षासम्मका विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रमकासाथै जनचेतनामूलक नाटक पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा गोरखापत्र दैनिकका पूर्व सम्पादक श्रीओम श्रेष्र्ठ रोदन’ ले साहित्यदेखि संस्कृति र समसामयिक विषयवस्तुमा विद्यालयको सक्रियता उदाहरणीय र प्रसंशनीय भएको बताउनुभयो । केही वर्ष अगाडि विद्यालयले तयार गरेको व्याकरण तीज गीतको स्मरण गर्दै उहाँले बोर्डिङ स्कुलहरुमा प्राय: अंग्रेजी भाषालाई बढि प्राथमिकता दिइने गरेकोमा नेपाली भाषाको पनि प्रवद्र्घनका लागि एआइए स्कुलले अब्बल उदाहरण प्रस्तुत गरेको बताउनुभयो ।

विद्यालयका प्रिन्सिपल विमल घिमिरेले संस्कारसहितको शिक्षा भन्ने मूल नाराका साथ विद्यालयले विद्यार्थीहरुलाई अध्यापन गराइरहेको बताउनुभयो । उपत्याकाभित्र रहेका विद्यालयहरुको भिडमा विद्यालयलाई अब्बल बनाएर देखाएको उहाँले बताउनुभयो ।

कार्यक्रममा विद्यालयका अध्यक्ष हरी ज्ञवाली, उप–प्रधानाचार्य खगेश्वर गिरी, विद्यालयका निर्देशकहरु कृष्ण प्रसाद गैरे, चेतनाथ कँडेल र शैलेन्द्रकुमार झा, कार्यकारी निर्देशक विष्णुप्रसाद अर्याललगायतले बोल्नुभएको थियो ।
समारोहमा उपस्थित अभिभावकहरुलाई विद्याथीहरुले गीत, नृत्य र नाटकका माध्यमबाट भरपुर मनोरञ्जन दिएका थिए ।

तपाईको प्रतिक्रिया