बनेपा÷प्रतिनिधि सभा समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचान आयोगले अहिलेसम्म एक करोड ३ लाख ८२ हजार ८५ मत गनिसकेको छ । पछिल्लो मतपरिणामअनुसार एमालेले २७ लाख ७३ हजार ९९९, कांग्रेसले २६ लाख ४४ हजार २४१ र माओवादी केन्द्रले ११ लाख ६ हजार २५६ मत ल्याएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ९९६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८५ हजार ९२१, जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९३१ र जनमत पार्टीले ३ लाख ९४ हजार ३४५ मत ल्याएर थ्रेसहोल्ड कटाएको छ ।
आठौं दलको रुपमा थ्रेसहोल्ड कटाउन संघर्ष गरिरहेको नेकपा एकीकृत समाजवादीले २ लाख ९४ हजार ६३ मत ल्याएको छ। थ्रेसहोल्ड कटाउन खसेको सदर मतको तीन प्रतिशत मत कटाउनुपर्छ । त्यसमा सातै प्रदेशमा मत गणना भइरहेको छ । त्योमध्ये बागमती प्रदेशमा मतगणना भएको छ । सोमध्ये काभ्रेपलाञ्चोक दोश्रो ठूलो दल बनेको छ । सो अनुसार काठमाडौमा सबैभन्दा धेरै समानुपातिक मत ल्याएको छ ।
वागमती प्रदेशमा रामेछापमा एक हजार ३४८, सिन्धुलीमा ७६१, रसुवामा ३३६, धादिङमा आठ हजार ४२९, नुवाकोट ९५८, काठमाडौंमा १२ हजार २८५, भक्तपुरमा दुई १५५, ललितपुरमा तीन १६० र काभ्रेपलाञ्चोक आठ हजार ९८ मत ल्याएको छ । सिन्धुपाल्चोकमा एक हजार ७००, मकवानपुर तीन हजार ८४१ र चितवन पाँच हजार २१९ मत ल्याएको छ ।
नेकपा एसको समानुपातिक मत बागमतीमा काभ्रे दोश्रो
2022-12-02T19:10:49+05:45
तपाईको प्रतिक्रिया