काभ्रेमा सुरु भएन मतगणना

काभ्रेमा प्रतिनिधि सभा १ को मतपेटिका हरु जम्म हुने क्रम्म जारी छ । खानिखोला गाउँ पालिका बाट मतपेटिका ल्याउने क्रम जारी भएको निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधि सभा २ को सबै मतपेटिका रुजु भएको छ । सोमबार बिहान ४ बजे मतपेटिका रुजु भएको निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधि सभा २ को सर्वदलीय बैठक १० बजेको लागि बोलाएको निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधि सभा १ को सबै मतपेटिका निर्वाचन कार्यालयमा रुजु भए पछि मात्र सर्वदलीय बैठक बस्ने निर्वाचन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया