काभ्रेकी मृगौला पिडित सनिकालाई मलेसिया र कुवेत बाट आर्थिक सहयोग


बनेपा – काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा नं. ५ कामीडाँडाकी दुवै मृगौलापिडित सनिका तामाङलाई मलेसिया र कुबेतबाट आर्थिक सहयोग प्राप्त भएको छ । स्वर्गीय पिता कुवेर सिं तामाङकी २० वर्षिय छोरी सनिका तामाङको मृगौलाले काम नगर्ने भएपछि महाराजगन्ज स्थित टिचिङ अस्पतालमा नियमित डायलसिस गरिरहेकी छिन् । उनको परिवारमा वुवा भिरबाट लडेर मृत्युभएको, आमा दोस्रो विहे गरेको, दिदीको विवहा भईसकेको अवस्था छ । परिवारमा सनिकाका लागि उनको करिव ७० बर्षको हजुरबा र ७० बर्षीय हजुरबाको लागि सनिका बाहेक कोही छैन् । मलेसियामा शुक्र गोले तामाङको नेतृत्वमा सहयोग संकलन गरेको र कुबेतमा दिपक तामाङको नेतृत्वमा सहयोग संकलन गरेको बताएका छन् ।
मृगौला पिडित तामाङको उपचारको लागि मलेसिया र कुबेतमा रोजगारीमा पुगेका युवाहरूले आर्थिक संकलन गरी सहयोग गरेका हुन् । उनिहरूले अफुले कमाएको तलवबाट कटाएर संकलन गरी ७० हजार ५ सय ५० रुपैयाँ पिडितको उपचारको लागि पठाएका हुन् । बेथानचोक गाउँपालिका वडा नं. ५ का युवा भुपेन्द्र गोलेले उक्त रकम पिडितलाई हस्तान्तरण गरेका छन् ।
मलेसियामा रहेर सहयोग गर्नेहरूमा शुक्र गोले तामाङ, खिल बहादुर सुनुवार, निजम मोहन, धनबहादुर, देभेन नाईर बोस, सुनिल तामाङ, सुजन मगर, शेरबहादुर लामा, सुनिल यखा, भक्त खड्का, फाईज, अलिफ, अनवार, धर्मेन्द्र, शंकर गुरुङ, नाईम, राम, बुद्ध, खेमराज, भूपाल, बृज्मोह, अनिल, आलोक कुमार, उपेन यखा, बिरेन्द्र, प्रेससिंह, अरुण, हरिओम, बद्री, राम, पंकज, नेजन, राकेश गजेन्द्र बिरेन्द्र, बिजय, टंकबहादुर, रितेश पण्डीत, रकिब, हरिकुमार, बिष्णु, रबिवुल, कुलप्रसाद, श्री मगर, देबेन्द्र राउन, सितनारायण, भोला पासवान, उत्तर, ज्ञानेन्द्र राई, अरुण कुमार थापा, फउदबहादुर चन्द, नविन, सिलिह, शम्भू, जनार्दन, ललितकुमार, बिनायक कुमार, ममुन, केदार, अम्रित चौधरी, बिनोद मगर, प्रदिप, उदित चौधरी, अग्नी यखा, अमित भण्डारी, भुमी सिटौला, अजित धामी इन्द्र राई, बालकुमार, किसोर, सरोज कुमार, अपभपजत शाह, महेश तामाङ, गोपाल खत्री, गोपाल श्रेष्ठ, अनमोल, अरिप, रामनारायण, मिनबहादुर दिसुवा, सुरेश बास्तोला, बोह्रन, देव राई, राम क्युए, रोशन, दिलबहादुर, मोजमाला, मोकल, सञ्जय, स्वप्ना, फरहान, आईपी क्युसी, रबिवुल, प्रताव, निर्मल, राजु, दिपेन््र प्रजा, नाथ, इमरान, अदिप र लिवन बोस लगायतबाट एक हजार ९ सय उन्नाईस संकलन गरी नेपाली रुपैयाँमा नेपाल पठाएका हुन् ।
त्यसरी नै दिपक तामाङको नेतृत्वमा कुबेतबाट बिशाल घिसिङ, राजेश तामाङ वल लिम्बु, क्रिश्टिना सापकोटा, निर्मला, सागर थापा, रमेश सुन्दास, भानु लामा, अमृत सुनुवार र नरेश थापाले सहयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया