पर्यटक भित्राउन पनौतीमा सकृय पर्यटकीय केन्द्र

पर्यटक भित्राउन पनौतीमा सकृय पर्यटकीय केन्द्र
विश्व पर्यटन दिवसको अवसरमा मंगलबार पनौती नगरपालिकाको विश्व सम्पदा सूचीमा प्रस्तावित पर्यटकीय क्षेत्र लायकुमा प्रवेश गर्ने पहिलो विदेशी पर्यटकको समूहलाई स्वागत एवं सम्मान गरिएको छ । पनौतीको प्रचारात्मक बिषय लेखिएको टिर्सट समेत सो अवसरमा वितरण गरिएको थियो ।
पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, उपप्रमुख गिता बञ्जाराले पनौती भ्रमणमा आउनु भएका विदेशी पर्यटकको पहिलो समूहलाई ४३ औँ विश्व पर्यटन दिवसको अवसरमा खादा, टिका लगाउँदै परम्परागत शैलीमा पुष्प गुच्छा दिँदै स्वागत एवं सम्मान गरेका हुन् ।
कार्यक्रममा भक्तपुर प्रवेश गर्ने पहिलो विदेशी पर्यटकको टोलिलाई स्वागत गरेका थिए । पनौती पर्यटन केन्द्रले आयोजना गरेको सो कार्यक्रममा ब्रम्हायणी मन्दिर परिसरमा बृक्षारोपण समेत गरिएको थियो ।
पर्यटन केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले सम्पदा जोगाउन र पनौतीको प्रचार गर्नको लागि आफूहरुले कुनै पनि कसर बाँकी नराख्ने बताए । उनले पनौतीमा धार्मिक, साँस्कृतिक पर्यटनको संम्भावना रहेकाले त्यसको विकासमा आफूहरुको काम गर्ने बताए । उनले सबै बडामा पुगेर पर्यटनको विस्तारमा अघि लाग्ने बताए । कार्यक्रममा वडा नं २ का अध्यक्ष पुरुषोत्तम अधिकारीले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया