पनौतीबासीको मन जित्दै सुन्दरबस्ती साकोस

पनौती÷पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले सहकारीसँग मिलेर आफूहरु काम गर्न इच्छुक रहेको बताउनुभएको छ ।
सोमबार पनौतीमा रहेको सुन्दरबस्ती साकोकसो १४ औं बार्षिक साधारण सभामा बोल्दै मेयर भण्डारीले सहकारीले बचत तथा ऋणको क्षेत्रमा मात्रै नभएर समग्र सहकारीको विकासमा काम गर्न आवश्यक रहेको औल्याउनुभयो । उहाँले आफूपनि सहकारी अभियानबाट आएको मान्छे भएकाले सहकारीबीच बचत तथा ऋणमा मात्रै प्रतिस्पर्धा भएकाले समग्र सहकारीकै आन्दोलन बीचमा रोकिएको बताउनुभयो । उहाँले सहकारीका सदस्यले नियमित बचत गर्ने,ऋण लिने र समयमै तिरे मात्रै समृद्ध हुन सक्ने बताउनुभयो ।
सहकारीविज्ञ हरि बसिष्टले सहकारीको आन्दोलनको इतिहास लामो भएको बताउनुभएको छ । उहाँले सबै सहकारीलाई एउटै बास्केटमा हालेर सहकारीका बारेमा थप धारणा बनाउन नहुने बताउँदै सहकारीलाई विश्वव्यापी मन्दीले असर पारेपनि सामना गर्न सक्षम रहेको बताउनुभयो । सरकारले बैंक र सहकारीबीच विभेद गरेको बताउँदै केही बैकरहरुले सहकारीलाई डुबाउन हदैसम्मको कदम चालिरहेको बताउनुभयो ।
कार्यक्रममा पत्रकार मोतिराम तिमल्सिना, सहकारीकर्मी नुनम सुब्बाले मन्तव्य राखेका थिए । संस्थाको अध्यक्ष प्रमिला खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत गरेर बन्द सत्रले पारित गरेको छ । सभामा उत्कृष्ट बचतकर्ताहरु हिरामाया तामाङ, रोशनी श्रेष्ठ, हरिमाया श्रेष्ठ, भिमसेन थापा, लक्ष्मी श्रेष्ठ, शोभालक्ष्मी कर्माचार्यलाई सम्मान गरिएको थियो । उत्कृष्ट कर्मचारी सरिता सापकोटा र भगवती श्रेष्ठ सम्मानित गरियो ।
उत्कृष्ट ऋणी प्रेमबहादुर श्रेष्ठ, रेखा गौतमलाई सम्मान गरियो । संस्थाका प्रवन्धक रोशन चौलागाईले सहकारीले चुक्ता पुँजी २ करोड ४ लाख ३० हजार अन्र्तगत २० करोड ६६ लाख ८८ हजार बचत गरी २५ करोड ६५ लाख लगानी गरेको बताउनु भयो । सामाजिक उत्तरदायित्व पुरा गर्दै आएको सहकारीले निरन्तर सहकारीको विकास र विस्तारमा काम गरिरहेको छ ।

तपाईको प्रतिक्रिया