बनेपामा २०७७ सालमा नै पानी आएको भ्रम छर्न व्यस्त छन

यश कुमार रन्जित, बनेपा

काभ्रेको ३ नगरपालिकाको लागि एकीकृत खाने पानी आयोजना २०६०/६१ सालमा नेपाली कांग्रेसका नेता पुर्व उद्योग राज्यमन्त्री कञ्चन चन्द्र वादेको नेतृत्व र पहलमा दलिय संयन्त्रको बोर्ड स्थापना भइ कार्य संचालन भएकको हो । २०७४ सालको स्थानीय सरकारको निर्वाचन पछि आएको नेतृत्वले समयमा नै सो खानेपानी योजना सम्पन्न गर्छ आसा जनतामा पलाएको थियो तर हरेक वर्ष बोर्डको अध्यक्षता एक पछि अर्को नगरपालिकाको नेतृत्व गर्ने र कार्य प्रभावकारी बनाउने लिखित प्रावधान हुँदा हुँदै पनि धुलिखेल नगरपालिका का प्रमुख अशोक ब्यान्जुलाई बोर्डको अध्यक्षता ५ वर्ष गराइयो। फल स्वरुप योजनाको पानी विभिन्न बहनामा जनताले खान पएनन।

२०७९ को स्थानीय निर्वाचन पछि पनि बनेपा र पनौती नगरपालिकाका प्रमुखले बारम्बार बोर्डको बैठकको लागि पहल गरे पनि बैठक एक चोटि पनि हुन सकेको छैन ।

४ महिना मा नै जनतालाई पानी खुवाउने बाचा जनतामा गरेर जितेका बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्यले भने एकल प्रयासमा प्राविधिकहरुको सहयोगमा विभिन्न ठाउँहरुमा बिग्रेर अलपत्र रहेको पाइप लाइन बनाए र आज बनेपामा काभ्रे एकीकृत खानेपानी योजनाको पानी झार्न सफल भएका हो । पानी खुवाउने भन्दा पनि खिचतानिमा बोर्ड देखियो ।

अर्का तर्फ समयमा काम नगर्ने गर्न नचाहने समूह भने पानी आएकोले ससंकित छन। र बजारमा २०७७ सालमा नै पानी आएको भ्रम छर्न व्यस्त छन।

तपाईको प्रतिक्रिया