ब्राजिलमा गत हप्तादेखि निरन्तर वर्षा र बाढी चलिरहेको छ। अविरल वर्षाका कारण ठूलो क्षति पुगेको यहाँका अधिकारीहरुले जानकारी दिएका छन्।
उनीहरुका अनुसार ब्राजिलको विशेष गरी उत्तरपूर्वी पर्नाम्बुको राज्यमा वर्षाको प्रभाव बढी परेको छ। गत सातादेखि परेको भीषण वर्षाका कारण मृत्यु हुनेको संख्या बिहीबारसम्म १२६ जना पुगेको छ भने अझै केही बेपत्ता भएका छन्।
उक्त स्थानम कम्तिमा पनि ९ हजार ३०० जना व्यक्ति वर्षाबाट विस्थापित भएका सञ्चार माध्यममा उल्लेख छ। ठूलो बाढी र पहिराले दर्जनौं घरमा क्षति पुर्याएको छ। यहाँका सयौँ घर भासिएका छन्। उक्त राज्यको राजधानी रेसिफेमा धेरैको जनाको मृत्यु भएको छ।
पेर्नाम्बुकोको इतिहासमा प्राकृतिक विपत्तिबाट यति धेरैको संख्यामा भएको मृत्यु ब्राजिलमा दोस्रो पटक भएको अधिकारीहरुले जनाएका छन्। यसअघि सन् १९६६ को मे महिनामा यस्तै विपत्तिमा परेर १७५ जनाले ज्यान गुमाएका थिए।
पर्नाम्बुका २० भन्दा बढी नगरपालिकाले आपतकाल घोषणा गरेका छन्। संघीय सरकारले प्रभावित क्षेत्रको पुनर्निर्माणका निम्ति लगभग २०० मिलियन अमेरिकी डलर छुट्याउने घोषणा गरेको छ।
तपाईको प्रतिक्रिया