अविवाहित उपमेयर बञ्जारा १९३ जनाको अभिभावक


पनौती÷काभ्रेको पनौती नगरपालिकाको उपमेयर गिता बञ्जारा अविवाहित हुनुहुन्छ । तर उहाँ १९३ जनाको अभिभावक हुनुहुन्छ । उहाँको नगरपालिकाभित्र ३५ बर्ष नाघेका १४९ जना अविवाहित महिला हुनुहुन्छ । त्यस्तै सम्बन्ध बिच्छेद भएका २० जना र पती बेपत्ता हुनु भएका २४ जना महिला हुनुहुन्छ ।
उहाँले दैनिक गुजारा गर्न अप्ठारो परेका १९३ जनालाई नगरपालिकामा विशेष सामाजिक सुरक्षा भत्ताको व्यवस्थापन गरेर अभिभावकीय जिम्मेबारी पुरा गरिरहनु भएको छ । उहाँले मासिक दुई हजार रुपियाँ बडा वाट नै पाउने व्यवस्था मिलाउनुभएको छ ।
पनौती नगरपालिकाको उपप्रमुख भएर आएपछि हरेक बडामा पुगेर समस्या बुझ्दा महिला समस्यामा परेको देखेपछि उहाँले भत्ताको योजना अघि सार्नुभएको थियो । उहाँको प्रस्ताव प्रमुख न्यौपानेलाई मन पर्याे अनि सुरुभयो विशेष सामाजिक सुरक्षा कार्यक्रम । उहाँ आफू अभिभावक नभएर उहाँहरुको साथी भएकाले साथीको समस्या समाधान गराउन, सामान्य घरखर्च टार्नको लागि सहयोगी बनेको भन्नुभयो । यो अवस्थामा दुई हजार मासिकले केही हुन्न तर सामान्य गर्जाे टार्न सहयोगी बन्ने आशाले यो कार्यको सुरुवात गरेका छौ ।

तपाईको प्रतिक्रिया